site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीएसडब्ल्यूको ६६औँ अधिवेशनमा भाग लिन मन्त्री रेग्मी अमेरिका प्रस्थान
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । महिलाको स्थितिबारे संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू)को ६६औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अमेरिका प्रस्थान गरेकी छन् ।

मन्त्री रेग्मीसँगै मन्त्रालयका सचिव, सहसचिव, महिला विज्ञ गरी ६ जनाको टोली अमेरिका प्रस्थान गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

महिलाको स्थितिसम्बन्धी आयोगको ६६औँ अधिवेशन संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कस्थित महासभा हलमा १४ देखि २५ मार्च २०२२ सम्म हुनेछ ।

सीएसडब्ल्यूले महिला अधिकारको प्रवर्द्धन गर्न, विश्वभरि महिलाको जीवनको वास्तविकतालाई दस्ताबेजीकरण गर्न र लैङ्गिक समानता र महिला सशक्तीकरणमा विश्वव्यापी मापदण्डहरू तयार पार्नमा  महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

Royal Enfield Island Ad

मन्त्री रेग्मीले लैङ्गिक समानता र महिला सशक्तीकरणमा जलवायु परिवर्तन, वातावरणीय र प्रकोप जोखिम न्यूनीकरण नीति र कार्यक्रमहरूले पारेको प्रभावको बारेमा धारणा प्रस्तुत गर्नेछिन् ।

कार्यक्रम सकाएर मन्त्री रेग्मीसहितको टोली २१ मार्च २०२२ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रीका प्रेस संयोजक राज कुमार लामाले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro