site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डले चुनाव नचाहँदा रोकियो पदाधिकारी चयन !
SkywellSkywell

काठमाडौं । गएको पुसमा सम्पन नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनले २४७ सदस्यीय केन्द्रीय सदस्य मात्रै घोषणा गर्‍यो । महाधिवेशन हलबाट नै पदाधिकारी चयन गर्नुपर्ने प्रतिनिधिहरूको माग सम्बोधन हुन सकेन । पदाधिकारी चयन प्रक्रिया थाती रह्यो । 

महाधिवेशनपछि पुस १९ बसेको केन्द्रीय बसेको केन्द्रीय कमिटी बैठकबाट पुष्पकमल दाहाल 'प्रचण्ड' पुनः अध्यक्षमा चुनिए । पार्टीका प्रभावशाली नेता वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीनमा रहेकाले पनि पदाधिकारी चयन सम्भव देखिएन ।

अध्यक्षबाहेकका पदाधिकारी भने अर्को बैठबाट चयन गर्ने भन्दै बैठक स्थगन गरियो । तर, पटक–पटक मिति तोकेर बैठक डाकिएपनि कहिले कोभिड त कहिले राजनीतिक कारण देखाउँदै दुई महिनासम्म केन्द्रीय कमिटी बैठक बस्न सकेन ।

KFC Island Ad
NIC Asia

शुक्रबारबाट माओवादी केन्द्रले आफ्नो केन्द्रीय कमिटी बैठक सुरु गरेको थियो । बैठकको मुख्य एजेन्डा नै रिक्त रहेको पदाधिकारी चयन गर्नु थियो । 

तर, सोमबार सम्पन्न बैठकले भने वैशाखमा हुने स्थानीय तह निर्वाचन अघि पदाधिकारी चयन गर्न नसकिने निर्णय गरेको छ । माओवादी पदाधिकारी चयन नगरी नै चुनावमा होमिने भएको छ । अझै केही समय अध्यक्षबाहेकका पदाधिकारीविहीन हुने देखिएको छ । 

No description available.

शुक्रबारबाट बैठक सुरु भएपनि शनिबार र आइतबार बैठक बस्न सकेन । प्राविधिक कारण देखाएर बैठक सारिएपनि अन्तर्यमा भने पदाधीकारीमा देखिएको लफडा थियो । महासचिवलगायत अन्य पदमा नेताहरू व्यवस्थापनमा लफडा भएपछि पदाधिकारी चयन रोकिएको हो । 

“पदाधिकारीमा भागबन्डा मिलेको छैन । अरू पदमा पनि अवस्था उस्तै छ । कसलाई के दिने पटक–पटक बैठक बस्दा पनि टुंगो लागेन । अनि हामीले केही पर सार्नु परेको हो,” माओवादीका एक नेताले बाह्रखरीसँग भने । 

माओवादी केन्द्रको विधानमा अध्यक्षबाहेक वरिष्ठ उपाध्यक्ष एकजना र ६ उपाध्यक्ष रहने व्यवस्था छ । यस्तै, पार्टीमा एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । महासचिव बन्न अर्थमन्त्रीसमेत रहेका नेता जर्नादन शर्मा र पूर्व अर्थमन्त्री वर्षमान पुनले लबिङ गरिरहेका छन् । सोही विषय थप पेचिलो बन्दै गएको छ ।

माओवादी चुनावी प्रक्रियामा गएर नेतृत्व चयन गर्ने पक्षमा छैन । तीन दसकदेखि एकल पार्टीको चलाइरहेका प्रचण्ड नै नेतृत्व चयन चुनावी प्रक्रियाबाट गर्ने पक्षमा छैनन् । उनी आफैँले पदाधिकारी चयन निर्विरोध हुनुपर्ने भन्दै चुनावपछि मात्रै चयन गर्नुपर्ने पक्षमा उभिएका हुन् । 

तर, नेताहरू अहिलेको अवस्थामा निर्विरोध पदाधिकारी चयन सम्भव देख्दैनन् ।

“नेताहरूको तयारी हेर्दा निर्वाचन प्रक्रियामा नगई पदाधिकारी चयन गर्न सम्भव छैन । तर, अध्यक्षज्यू चुनावी प्रक्रियामा जान मान्नुहुन्न । त्यसैले अहिलेलाई पदाधिकारी चयन गर्ने कार्य केही समयका लागि पर धकेल्नु परेको हो । सहमति खोज्न हामीले केही सयम थप लिने निर्णय गरेका हौँ,” एक नेताले बाह्रखरीसँग भने ।

त्यस्तै, हालको केन्द्रीय कमिटीले स्थायी कमिटी र पोलिटब्युरो पनि गठन गर्न सकेन । पार्टीका नेताहरूको व्यवस्थापनमा अफ्ठ्यारो रहेको भन्दै बैठकको एजेन्डा रहेपनि त्यसलाई अघि बढाइएन । दुई दिनसम्म चलेको बैठकले ५० जना केन्द्रीय सदस्य थप्ने र २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।

No description available.

त्यस्तै प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने निर्णय पनि गरेको छ । बैठकले दुई महिने चुनावी अभियान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । संगठनलाई पूर्णता दिने भन्दै बोलाइएको बैठकले किन पदाधिकारी पनि चयन गर्न नसकेको भन्ने प्रश्नमा अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मा निर्वाचनमा केन्द्रित हुनुपर्ने भएकाले सम्भव नभएको बताउँछन् । जेठ २० गते बस्ने अर्को बैठकले संगठनलाई पूर्णता दिने उनको दाबी छ । 

“निर्वाचन मुखामा आएकाले हामीले स्थायी, पोलिटब्युरो र पदाधिकारी चयन गर्न सकेनौँ,” उनले भने, “जेठ २० गतेपछि बस्ने बैठकबाट पूर्णता दिन्छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  २१:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro