site stats
बाह्रखरी :: Baahrakhari
विशेष
कुन देशसँग कति आणविक हतियार छ ?

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि रुसी आक्रमण जारी रहेकैबेला रुसी सेनाको रणनीतिक आणविक बललाई ‘स्पेसल अलर्ट’ (विशेष सावधान) रहन आदेश दिएका छन् । पुटिनले यस्तो आदेश दिएपछि युक्रेन आक्रमणमा कतै परमाणु हतियारको प्रयोग हुने त होइन भन्ने आशंका उब्जिएको छ । 

पुटिनको यस कदमलाई अमेरिकाले ‘पूर्ण रूपमा अस्वीकार्य’ हुने बताएको छ । अमेरिकी अधिकारीले पुटिनको निर्णय ‘अझै धेरै खतरनाक’ हुने चेतावनी दिएका छन् । नेटोले पनि पुटिनको कदमलाई ‘गैरजिम्मेवार’ भन्दै निन्दा गरेको छ । 

No description available.

आमसंहारकारी परमाणु हतियार कुन देशसँग कति छ त ?
हाल विश्वका नौ ओटा देशसँग लगभग १२ हजार सातसय परमाणु हतियार छन् । यसको ९० प्रतिशत भन्दा बढी रुस र अमेरिकासँग छ ।

सबैभन्दा धेरै रुससँग छ । उसँग पाँच हजार ९७७ परमाणु हतियार छन् र यो बढ्दो क्रममा छ ।

अमेरिकासँग पाँच हजार ४२८ परमाणु हतियार छन् । र, यो घट्दो क्रममा छ । 

तेस्रो धेरै परमाणु हतियार चीनसँग छ । उसँग तीन सय ५० परमाणु हतियार छन् ।

फ्रान्ससँग दुई सय ९० र बेलायतसँग दुई सय २५ परमाणु हतियार छन् ।

यस्तै दक्षिण एसियाली देशहरू पाकिस्तान र भारतसँग क्रमशः एक सय ६५ र एक सय ६० परमाणु हतियार छन् । 
इजरायलसँग ९० र उत्तर कोरियासँग २० परमाणु हतियार छन् ।

यी देशहरूमध्ये फ्रान्स र इजरायलको परमाणु हतियार भण्डार स्थिर छन् भने बाँकी छ देशका परमाणु हतियार बढ्दो क्रममा छ । अमेरिकाको मात्रै घट्दो क्रममा छ ।

स्रोत : अलजजिरा

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  २३:३३
प्रतिक्रिया दिनुहोस्