काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता आजको प्रतिनिधिसभा बैठकबाट अनुमोदन गराउने तयारी गरेको छ ।
सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आजको प्रतिनिधिसभा बैठकबाट सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्याख्यात्मक घोषणासहित सम्झौता पारित गराउन गठबन्धनमा आबद्ध दलहरू तयार भएको बताए । संसद्मा आजै एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र व्याख्यात्मक टिप्पणी समावेश गरेर आजै एमसीसी अनुमोदन गर्ने निर्णय भएको उनले जानकारी दिए ।
“आजको बैठकबाट एमसीसी संसद्बाट अनुमोदन हुन्छ । प्रमुख प्रतिपक्ष दलको पनि सकारात्मक भूमिका हुन्छ,” उनले भने ।