site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फागुन १३ गतेभित्र एमसीसी अनुमोदन गर्ने सरकारको तयारी !
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता प्रतिनिधिसभामा टेबल भएको छ । सरकारले  यही फागुन ८ गते बसेको प्रतिनिधिसभा बैठकमा सम्झौता टेबल गरेको हो ।

टेबल भएको सम्झौताउपर भोलि (बिहीबार) बस्ने संसद् बैठकमा छलफल सुरु हुनेछ । अमेरिकाले यही फागुन १६ गतेभित्र सम्झौता संसद्बाट टुंगो लगाउन यसअघि नै नेपाल सरकारको ध्यानाकर्षण गराइसकेको छ ।

एमसीसी सबै दलको सहमतिमा अनुमोदन गर्न सरकारले पहल गरिरहेको छ । तर, सत्तासाझेदार दलहरू नै सम्झौताको विपक्षमा उभिएका छन् । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसबाहेक जनता समाजवादी पार्टी (जसपा)भित्र डा. बाबुराम भट्टराई समूह मात्र एमसीसी अनुमोदन गराउनुपर्ने पक्षमा छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रधानमन्त्री शेरबहादुर देउवा बढीमा अबको दुई दिनभित्र एमसीसी अनुमोदन गराउने तयारीमा जुटेका छन् । संसदीय छलफल सकेसम्म छोटो बनाएर अनुमोदन गराउने देउवाको गृहकार्य छ । जसको तयारीस्वरूप उनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) तथा सत्तासारथि दल नेकपा (माओवादी केन्द्र)का नेतृत्वसँग पनि छलफल गरेका छन् । देउवालाई १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले साथ दिने वचन दिइसकेको छ ।

कांग्रेसका एक सांसद सम्भव भए फागुन १२ गते नै र नभए १३ गते छलफलपश्चात् सम्झौता संसद्मा निणायार्थ पेस गर्ने सरकारको तयारी भइसकेको दाबी गर्र्छन् । “प्रतिपक्ष दलसँगको भेट–संवाद अनि गृहमन्त्रीको दौडधुप त्यसै कारणले त भएको हो,” ती सांसदको दाबी छ ।

Royal Enfield Island Ad

एमसीसीका लागि फागुन १६ गतेसम्म संसद् बैठक नलम्ब्याउने सरकारको तयारी छ । जति बैठक लम्बियो त्यति नै विरोधमा सडकमा नागरिक उत्रने भय सरकारलाई छ ।

“संसद् अवरुद्ध छ, त्यसकारण एमाले बोल्दैन । माओवादी र समाजवादी बोल्ने कुरै भएन । बोल्ने भनेको त्यही एकजना भीम रावल र प्रेम सुवाल हो । उनीहरूलाई हामी दुईजनाजति बोलेर जवाफ दिइहाल्छौँ । अनि एमसीसी अनुमोदन हुन्छ,” देउवानिकट एक सांसदले भने, “यो जति भित्र छलफल हुन्छ बाहिर पनि त्यति नै विरोध हुन्छ । धेरै जनताको ज्यान जोखिममा राखेर संसद् चलाउन गाह्रो हुन्छ ।”

ती सांसदका अनुसार एमसीसी अनुमोदन भएपश्चात् संसद्मा अड्किएर रहेका केही महत्त्वपूर्ण विधेयकहरू पनि टेबल गर्ने सरकारको तयारी छ ।

“एमसीसी त १३ गते नै निचोडमा पुग्छ,” ती सांसदले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro