मुम्बई । साउथ सुपरस्टार प्रभास र अभिनेत्री पुजा हेगडेले अभिनय गरेको चलचित्र ‘राधे श्याम’को क्रेज बढ्दै गइरहेको छ ।
स्टारकास्ट, बिग बजेट, सिनेम्याटोग्राफी र प्रस्तुतिले विशेष चर्चा पाइरहेको चलचित्रमा अर्का एक सुपरस्टार पनि जोडिएका छन् ।
बहुप्रतिक्षीत चलचित्रमा बलिउडका 'बिग बी' अर्थात् अमिताभ बच्चन पनि जोडिएका छन् । विभिन्न भाषामा रिलिज हुने चलचित्रमा अमिताभ बच्चन न्यारेटरको रूपमा जोडिएको चलचित्रका निर्देशक राधा कृष्ण कुमारले जानकारी दिएका छन् ।
“चलचित्र सन् १९७० को दशकमा आधारित छ र ठूलो स्केलमा बनेको छ । हामीलाई राष्ट्रलाई कमान्ड गर्न सक्ने आवाज चाहिएको थियो, अमिताभ बच्चन भन्दा उत्तम व्यक्तित्व अरू को हुन सक्ला र ! एउटा त्यस्तो आवाज जसलाई हरेकले चिन्छन्, सम्मान गर्छन्, र माया गर्छन् । राधे श्यामको न्यारेटरको रूपमा उहाँलाई टिममा स्वागत गर्न पाउँदा हामी निकै खुसी छौँ,” उनले लेखेका छन् ।
हैदराबाद, जर्जिया, इटालीमा छायांकन भएको चलचित्रमा अभिनेता प्रभाषले पामिस्ट (हात पढ्ने जोतिषी)को भूमिका निभाएका छन् । तेलुगु, हिन्दी, कन्नाडा लगायत भाषामा यहि मे ११ मा रिलिज हुँदैछ ।
बलिउड हंगामाबाट ।