site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद मोहन बानियाँ प्रकरण : पीडित भन्छिन्– मार्नेसम्मको धम्की दिइयो
मोहन बानियाँ : फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । बलात्कार मुद्दामा नेकपा (एमाले)का नेता तथा मुगुका सांसद मोहन बानियाँविरुद्ध गएको बुधबार जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको छ । योसँगै प्रहरीले उनको खोजी कार्य सुरु गरेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

आफूविरुद्ध उजुरी पर्नुअघि उनी आफू निर्दोष रहेको दाबी गर्थे । तर, पछि पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि उनी सम्पर्कविहीन छन् ।

पीडित महिला हाल जुम्लामा छिन् । उनले आफूले दिएको २५ लाख रूपैयाँ फिर्ता लिन भेट्ने क्रममा जबरजस्ती गरेको दाबी गरेकी छन् । सांसद बानियाँले आफूले जबरजस्ती गरेको कुरा बाहिर ल्याए मार्नेसम्मको धम्की दिएको उनको भनाइ छ ।

KFC Island Ad
NIC Asia

संयुक्त रूपमा व्यवसाय गर्नका लागि आफूले सांसद बानियाँलाई पैसा दिएको ती महिलाले बताएकी छन् । बानियाँले आफूलाई २५ लाखको चेक दिए पनि सो चेक नसाटिएको उनको भनाइ छ ।

त्यसपछि आफूले बानियाँलाई सम्पर्क गरेर पैसा दिन आग्रह गरेकी थिइन् । पैसा नदिएमा मुद्दा हाल्नेसम्मको चेतावनी दिएपछि बानियाँबाट पाँच लाख पाएको उनले बताइन् ।

Royal Enfield Island Ad

उनकाअनुसार सांसद बानियाँले बाँकी २० लाख रूपैयाँ चेक साँटेर नेपालगञ्जमा दिने भनेका थिए । त्यसपछि उनी पैसा लिन नेपालगञ्ज पुगेकी थिइन् ।

‘‘२० लाख दिने भनेपछि म अप्सरा होटल पुगेँ । बेलुका नै लेनदेनको कारबोबार गरौँ भन्दा भोलि बिहान गरौँला भन्नुभयो । एक घन्टा डिस्कस भयो । हामी त्यहीँ बस्यौँ,” पीडित महिलाले भनिन्, “साँझ हामीबीच झगडा पनि भयो । सायद हामीबीच भएको झगडा छेउछाउका मानिसले थाहा पाए होलान् ।”

भोलिपल्ट बिहान पैसाको कारोबार गर्न भन्दै आफूले ढोका खोल्न लगाएपछि बानियाँले आफूमाथि जबरजस्ती गरेको उनको दाबी छ ।

‘‘पैसाको कारोबार गर्ने भन्दै बिहान ढोका खोल्न लागाएँ । मैले पैसाको कारोबार गरौँ भन्दा सँगै जिउने, सँगै मर्ने भन्दै सांसद बानियाँले जबरजस्ती गर्न थाल्नुभयो,” पीडित महिलाले भनिन् ।

पैसा माग्न आफूले पटक–पटक फोन गर्दा बानियाँले फोन काट्ने तथा नउठाउने गरेको उनको भनाइ छ ।  

“सांसदजस्तो मान्छेले पैसा दिइहाल्नुहुन्छ भनेर केही भनिन,” उनले भनिन्, “लामो समय झुलाएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेँ । मुद्दा हाल्छु भनेपछि उनी सम्पर्कमा आएका थिए ।”

जबरजस्तीकरणीपछि आफूले यी सबै कुरा बाहिर निकाल्छु भन्दा बानियाँले 'तपाईंको र मेरो पैसा एउटै हो' भनी यस्ता कुरा बाहिर ननिकाल्नु, बरु जे गर्नुपर्छ गरौँला भनी आफूलाई आश्वासन मात्र दिएको उनले बताइन् ।

तर, घटना बाहिर ल्याएर छाड्ने भनेपछि बानियाँका कार्यकताले आफूलाई धम्काउनेदेखि ज्यान मार्नेसम्मको धम्की दिएको पीडित महिलाको भनाइ छ । 

‘‘घटनापछि प्रहरीलाई खबर गर्न अप्ठेरो लागेको थियो । नेपालगञ्ज एयरपोर्ट जाँदा गाउँको एकजना भाइ भेटेँ । तिनै भाइलाई सबै कुरा बताएँ,” उनले भनिन्, “त्यसपछि हामी उनलाई कारबाही गर्ने निर्णयमा पुग्यौँ । तर, पटक–पटक फोन गर्दा उठाएनन् । र, म्यासेज पनि फर्काएनन् ।”

त्यसपछि बानियाँको छोरालाई फोन गर्दा नउठेपछि आफूले सोही बेलुका ४ बजे मैले प्रहरीलाई खबर गरेको उनले बताइन् । 

“त्यसपछि भोलिपट्ट जिल्ला प्रहरी कार्यालय बाँकेमा बोलाइयो । म त्यहाँ गएँ । मुद्दा दायर हुन दुई/तीन दिन लाग्यो । सोही समयमा बानियाँका ज्वाइँ आएर भोलि १० बजे पैसा दिने बताए,” ती महिलाले भनिन्, “‘ममाथि यत्रो बज्रापात भयो, अस्मिता लुटियो । घरमा के भन्लान्, माइतीले के भन्लान् भनी जवाफ फर्काएँ । अन्तिममा सहनै नसकेपछि मुद्दा दर्ता गराएँ,”उनले भनिन् ।

मोहन बानियाँ र महिलाबीच आरोपप्रत्यारोप 
केही दिनअघि मोहन बानियाँले आफूलाई फसाउन खोजेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत् आपत्ति जनाएका थिए ।

‘‘महिलासँग यस्तो बाउन्स चेकको कुरा चलेकाबेलामा यस्ता कथित काम हुन सक्छ कि सक्दैन । त्यो जोकोहीले पनि अनुमान लगाउनसक्ने कुरा हो,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “आवश्यक पर्दा हामीसँग धेरै प्रमाण सुरक्षित छन् । बेइज्जतीको ढोका नखोलौँ भनेर चुप बसेको हुँ । यो त धोका र बेइमानीको परकाष्टा हो ।”

त्यसैगरी, सामाजिक सञ्जालमार्फत नै पीडित महिलाले सांसद बानियाँले पैसा दिनुको साटो उल्टै चेक खोसेर लिएको र जघन्य अपराधमा पारेको बताएकी छन् ।

उनले आफ्नो ज्यान जोखिममा परेको बताउँदै यदि आफ्नो मृत्य भएमा  मोहन बानियाँका कारणले हुने बताएकी छन् । “यसको जवाफदेही मोहन बानियाँ हुनुपर्छ,” उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro