काठमाडौं । कांग्रेस नेता डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर संसद्बाट पारित गर्नुपर्ने बताएका छन् । रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले एमसीसीबारे नेपालमा भएका सबै आलोचनामा कुनै सत्यता नरहेको पनि बताए ।
नेता महतले फागनु १६ गतेभित्रै एमसीसी पारित गराउनुपर्ने भएकाले ढिलो गर्न नहुनेमा जोड दिए ।
एमसीसी संसद्बाट पारित भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने कुरामा कुनै सत्यता नरहेको उनको भनाइ छ । डा. महतले एमसीसी सम्झौता गर्दासम्म सबै दल सहभागी भएको उल्लेख गर्दै अब पारित गर्न पनि सबै दलले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
उनले कम आए भएका मुलुकहरूलाई सहयोग गर्नका लागि अमेरिकाले एमसीसी स्थापना गरेको स्पष्ट पारे । एमसीसी दुईदेशबीच भएकाले सम्झौता सोहीअनुसार यो सम्झौता कार्यान्वयन हुने पनि उनले बताए ।
महतले अहिलेसम्म ३८ मुलुकसँग अमेरिकाले कम्प्याक्ट सम्झौता गरेको सुनाए ।