site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलाइयो रेल (तस्बिरहरू)

जनकपुरधाम । जयनगर–कुर्था रेलमार्गमा ‘ड्रायरन’का लागि आजदेखि रेल सञ्चालन गरिएको छ । नेपाल ल्याइएको १७ महिनापछि यात्रुबिना रेल गुडाउन थालिएको हो ।

भारतबाट ८४ करोड रुपैयाँमा खरिद गरी ०७७ असोज २ गते रेल नेपाल ल्याइएको थियो । नियमित रेल सञ्चालनमा अवरोध नहोस् भन्ने उद्देश्यले उद्घाटनअगावै ड्रायरन गर्न लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जनले झाले जानकारी दिए ।

उनका अनुसार दैनिक दिनमा एकपटक रेल जयनगरबाट–कुर्थासम्म चलाइनेछ । रेल कुर्थाबाट फर्किएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी राखिनेछ ।

एसी र जनरल गरी १३ सय यात्रु बोक्न सक्ने रेलको क्षमता छ । आजदेखि सुरु भएको ड्रायरनमा यात्रुलाई सेवा दिइएको छैन । रेलमा सुरक्षाकर्मी, जनप्रतिनिधि, रेलवेका कर्मचारी र सञ्चारकर्मी सवार थिए ।

रेल सञ्चालनमा आउने आमसर्वसाधारणमा सन्देश दिन, रेलवे लिकमा लगाइएको हाट बजार खाली गराउन र दैनिक लागत पत्ता लगाउन रेल सञ्चालन गरिएको साइट इन्जिनियर विनोद ओझाले जानकारी दिए ।

६० नेपाली र १४ भारतीय कर्मचारी काममा खटिएका छन् । १२ भारतीय कर्मचारी उद्घाटनपछि आउने बताइएको छ ।

थप तस्बिर हेर्नोस्–

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro