राजनीति
काठमाडौं । विवेकशील साझा पार्टीको विवाद सर्वोच्च अदालतमा पुगेको छ । पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् ।
मिश्रले पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्रअनुरूप एकता महाधिवेशन छल्ने, पार्टीको विधान र संविधानविरोधी दस्ताबेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गरेको आरोप लगाउँदै पाण्डेले मुद्दा दर्ता गराएका हुन् ।
मिश्रको निर्णय आयोगले अभिलेख राखेको भन्दै आयोगविरुद्ध मुद्दा दर्ता गरेको सो समूहले जनाएको छ ।
पाण्डे समूहका प्रवक्ता हरिप्रसाद भट्टकाअनुसार अब स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन युवाहरूलाई अपील पनि गरिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २६, २०७८ १६:२४
प्रतिक्रिया दिनुहोस्