
विश्वभर हुने मृत्युका प्रमुख पाँच कारणमध्ये एक हो, क्यान्सर रोग । क्यान्सरबारे अनुसन्धान गर्ने संस्था ग्लोबोक्यानका अनुसार सन् २०२० मा मात्रै नेपालमा २० हजार ५०८ जना क्यान्सरका बिरामी थपिएका छन् । यो अवधिमा १३ हजार ६३० जनाको क्यान्सरका कारण मृत्यु भएको छ ।
महिलामा हुने क्यान्सरमध्ये एक प्रमुख प्रकार हो, पाठेघरको मुखको क्यान्सर । प्रस्तुत छ, नेपालमा पछिल्लो समय पाठेघरको मुखको क्यान्सरको अवस्था र बच्ने उपायबारे स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. रोशनी उलकसँग गरिएको भिडियो कुराकानी :
नेपाली महिलाहरूमा अहिले क्यान्सरको अवस्था कस्तो देख्नुभएको छ ?
पछिल्लो समय क्यान्सरको अवस्था हेर्दा, नयाँ डेटा (तथ्यांक)अनुसार महिलाहरूमा सबैभन्दा धेरै सर्भाइकल क्यान्सर, पाठेघरको मुखको क्यान्सर, ब्रेस्ट क्यान्सर र लङ क्यान्सरहरू पाइएको छ ।
क्यान्सरविरुद्धको सचेतना बढेको हो ?
अझै पनि समाजमा जनचेतनाको कमी छ जस्तो लाग्छ मलाई । गाउँमा त सेवा–सुविधा पनि धेरै छैन । तर, सहरी क्षेत्रका नै मानिस पनि आफूलाई केही नपरेसम्म अस्पताल जाँदैनन् । हामीले वर्ष–वर्षमा अस्पताल गएर होल बडी चेकअप (शरीरको पूरा चेकजाँच) गराउनुपर्छ ।
पछिल्लो समय महिलालाई हुने पाठेघरको मुखको क्यान्सर किन बढिरहेको पाउनुभएको छ ?
पाठेघरको मुख भनेको पाठेघर र भजाइना (महिलाको यौनांग)लाई कनेक्ट (जोड्ने) गर्ने कुरालाई पाठेघरको मुख भनिन्छ । यसको क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ । पाठेघरको क्यान्सर भन्नाले भित्र पनि हुनसक्छ । इन्डोमेट्रियल क्यान्सर हुनसक्छ, फ्यालोपनट्युबको क्यान्सर हुनसक्छ, ओभरीको क्यान्सर हुनसक्छ ।
तर, हामीले अहिले कुरा गर्दा पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ । यो ‘ह्युमन प्याप्लोमा’ भन्ने भाइरस भन्ने जुन कीटाणु छ, त्यसले गर्दा सबैभन्दा मस्ट कमन कज एचपीबीको कारणले गर्दा हुन्छ । १६ र १८ जुन स्ट्रयान्ज छ, त्यसले बढी गराउँछ । एउटा कुरा त पहिला किन लाग्छ त यो रोग भन्नेबारे समाजमा जनचेतनाको कमी छ । तर, लागिसकेपछि वर्ष–वर्षमा आएर कसरी हेर्न सकिन्छ, प्याप टेस्ट गर्न सकिन्छ भन्ने जनचेतना पनि छैन । कुन लक्षण लागिसकेपछि के समस्या हुन्छ, कहाँ देखाउन जाने त्यो पनि थाहा छैन ।
पाठेघरको मुखको क्यान्सर जुन छ, यदि अर्ली डिटेक्सन हुने हो भने यो क्यान्सर मोर सक्सेसफुल ट्रिटमेन्ट क्यान्सरमा पर्छ । त्यसैले पेसेन्ट (बिरामी)लाई लाग्दैमा फैलिहाल्ने भन्ने हुँदैन । तर, पेसेन्ट सर्वाइकल क्यान्सर लिएर हाम्रो अस्पतालमा आउनुहुन्छ भने डेफिनेट्ली उहाँ लेट स्टेज (अन्तिम चरण)मा आउनुहुन्छ । अर्थात्, पूरा फैलिएपछि मात्रै आउनुहुन्छ । सुरुको स्टेजमा आउनुभयो भने त्यसको लागि प्रिभेन्सन त छ नि ।
पाठेघरको मुखको क्यान्सर सुरुवाती अवस्थामा कसरी थाहा पाउने ?
यदि, बिरामीले श्रीमान्सँग शारीरिक सम्पर्क गर्दा रगत देखापर्ने, महिनावारी सुकिसकेपछि पनि अलिअलि रगत देखापर्नु, यौन सम्पर्क गर्दा योनीको भित्री भागमा दुख्नेजस्ता कुनै पनि लक्षण तपाईंमा देखिए अस्पताल गएर चेकजाँच गर्नुपर्छ । पाठेघरको मुखको क्यान्सर कस्तो हुन्छ भने त्यसको एउटा प्याप टेस्ट भन्ने हुन्छ । त्यो गर्न सकिन्छ ।
क्यान्सरबाट जोगिन प्याप स्मेल गर्न सकिन्छ । २१ देखि २९ वर्ष समूहका महिलाहरूले यदि उहाँहरू सेक्सुअल्ली एक्टिभ हुनुहुन्छ भने प्याप स्मेल टेस्ट हरेक तीन वर्षमा गर्नुपर्छ । ३५ देखि ६५ उमेर समूहको हुनुहुन्छ भने प्याप टेस्ट मात्रै गर्दा तीन वर्षमा गर्नुपर्छ । त्यसमा प्याप टेस्ट पनि जाँच्ने हो भने हरेक पाँच वर्षमा गर्नुपर्छ । यदि, ६६ भन्दा माथिको महिलाहरू हुनुहुन्छ भने पहिला जति पनि दिनहरूमा गरिरहनुभएको छ प्याप स्मेल टेस्ट, यदि नेगेटिभ छ भने अब डिस्कन्टिन्यु गरे पनि हुन्छ । भविष्यमा सर्वाइकल क्यान्सर लाग्ने सम्भावना उहाँहरूमा घट्दै जान्छ ।
कस्तो महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढी हुन्छ ?
रिस्क फ्याक्टरको कुरा गर्ने हो भने, रिस्क फ्याक्टर भन्नाले यदि महिलाले पार्टनर चुज गर्दा मल्टिपल पार्टनर छानेको छ भने ‘द मोर मन्टिपल पार्टनर द मोर चान्सेज टु सर्वाइकल क्यान्सर’ । त्यसैले पार्टनर चुज पनि घटाउनुपर्छ । मल्टिपल पार्टनर युज गर्नु भएन, एउटा कुरा । दोस्रो भनेको अर्ली एजमा सेक्स गर्नु पनि भएन । त्यो पनि अर्को कारण हुनसक्छ ।
यदि, एसटीडी (सेक्सुअल्ली ट्रान्समिटेड डिजिज) रोगहरू छ, गोनोरिया, क्लाइमेडिया, एचआईभी यिनीहरू रोग लागेका छन् भने र अर्को इम्युन कम्परमाइजमा पनि लाग्ने चान्सेजहरू बढी हुन्छ । त्यसैले यी रिस्क फ्याक्टरलाई ध्यानमा राखेर उहाँले प्रिभेन्सनहरू (रोकथामका उपाय) लिन सक्नुहुन्छ ।
रोकथाम तथा उपचार कसरी गर्न सकिन्छ ?
ह्युमन प्यापिलोमा भाइरस भनेको धेरैवटा स्ट्रयान्ज छ । त्यसमध्येमा १६ र १८ ले सबैभन्दा बढी क्यान्सर गराउँछ भन्ने अहिलेसम्मको अध्ययन छ । भ्याक्सिनमा दुईवटा पाउन सकिन्छ । एउटा सर्वारिस्क र अर्को गार्डेसिल भन्ने छ । सर्वारिस्कले १६ र १८ लाई मात्रै काम गर्छ भने गार्डेेसिलले १६, ८, ६ र ११ को स्ट्रयान्जलाई पनि काम गर्छ । ६ र ११ नम्बरको स्ट्रयान्जले हामीलाई सबैभन्दा बढी जेनेटिक वर्टहरू गराउँछ । त्यसले गर्दा पाउनुहुन्छ भने गार्डेसिल लगाएको राम्रो, नभए सर्वारिस्क पनि लगाएको राम्रो ।
भ्याक्सिन लगाउने सबैभन्दा रिकमेन्डेट (सिफारिस गरिएको) एज ग्रुप (उमेर समूह) भनेको ११ देखि १२ वर्ष मानिन्छ । तर, लगाउन स्टार्ट (सुरु) नौ वर्षदेखि गरे पनि हुन्छ । दुई डोज भ्याक्सिन हुन्छ । ६ देखि १२ महिनामा लगाउनुपर्छ । एकपटक सम्पर्कमा बसिसक्नुभएको छ भने त्यत्ति धेरै त्यसले इफेक्ट (असर) गर्दैन ।
म हरेक महिलालाई के भन्न चाहन्छु भने तपाईंहरू आफ्नो पाठेघरको नियमित जाँच गराइराख्न र केही समस्या नपरे पनि वर्षमा एकपटक आफ्नो स्वास्थ्यकर्मीलाई गएर एकपटक जँचाउनुस् भन्ने सुझाव दिन चाहन्छु ।