site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छानबिन समिति बन्छ, कार्यान्वयन हुँदैन
फाइल तस्बिर ।

जनकपुरधाम । मधेस प्रदेश सरकारले चार वर्षको अवधिमा एक दर्जनभन्दा बढी छानबिन समिति बनाएको छ । घटना हुनेबित्तिकै दोषी पत्ता लगाएर कारबाही गर्ने उद्देश्यले समिति गठन गरिन्छ । तर, कुनै पनि छानबिन समिति प्रभावकारी देखिएको छैन । न प्रतिवेदन सार्वजनिक गरिन्छ न कार्यान्वयन नै ।

मधेस सरकारले मन्त्री/सचिव झापड प्रकरणदेखि आफ्नै मातहतका कार्यालयको भ्रष्टाचारबारे पत्ता लगाउन छानबिन समिति बनाएको थियो । तर, अहिलेसम्म समितिले प्रतिवेदन समेत बुझाउन सकेका छैनन् ।

०७५ साउन ८ गते मानवअधिकार आयोगले सप्तरीको मलेठ घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक गर्‍यो । उक्त प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरियो । समितिले स्थलगत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन सार्वजनिक गर्ने भनिएको थियो ।

यादव अहिले मन्त्री पदमा छैनन् । “समितिले व्यापक काम गर्‍यो । प्रतिवेदन पनि तयार छ । त्यति बेला कर्मचारी सरुवा भएपछि केही ढिलो भएको थियो,” उनले भने, “अहिले प्रतिवेदन तयार छ । मुख्यमन्त्रीलाई मात्रै औपचिारिक रूपमा बुझाउन बाँकी छ । छिट्टै प्रतिवेदन पनि सार्वजनिक हुन्छ ।”

०७५ पुस २९ गते तत्कालीन उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले झापड हाने । त्यसको एक सातापछि आन्तरिक मामिला तथा कानुनमन्त्री यादवकै संयोजकत्वमा छानबिन समिति बन्यो । दुई दिनभित्र समितिले प्रतिवदेन बुझाउने भनिएको थियो । तर, उक्त समितिले पनि सरकारलाई अहिलेसम्म प्रतिवेदन बुझाएको छैन ।

घटनामा संलग्न दुवैजना मिलेर अगाडि बढ्ने भनेपछि प्रतिवेदन नबनाएको संयोजक यादव बताउँछन् । प्रतिवेदन सार्वजनिक नभए पनि दुवै पक्षको गल्ती देखिएको उनको भनाइ छ ।

०७७ कात्तिक १३ गते यातायात व्यवस्था विभाग जनकपुर कार्यालयको करिब ३०० थान स्मार्ट लाइसेन्स धान खेतमा फेला प¥यो । कार्यालय बिचौलियाको कब्जामा रहेको भन्दै आलोचना भएपछि तत्कालीन भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले छानबिन गर्न समिति बनाए । उक्त समितिले पनि प्रतिवेदन सार्वजनिक गरेन ।

०७८ भदौमा महालेखापरीक्षकको कार्यालयले एक प्रतिवेदन सार्वजनिक गर्‍यो । उक्त प्रतिवेदनमा प्रदेश सरकारको अनियमितताबारे उल्लेख थियो । मधेस सरकारको चौतर्फी आलोचना भयो । लगत्तै सरकारले दुईवटा छानबिन समिति बनायो । एउटा समितिले मुख्यमन्त्री कार्यालयबाट सञ्चालित लोकप्रिय योजनाको छानबिन गर्ने भनिएको थियो भने अर्को समितिले जानकी मन्दिरको सौन्दर्यकरण योजनामा भएको अनियमितता छानबिन गर्ने भनिएको थियो । मन्दिर सौन्दर्यकरणका लागि बृहत्तर जनकपुरलाई मुख्यमन्त्री कार्यालयले करिब १२ करोड रुपैयाँ रकम उपलब्ध गराएको थियो ।

समितिले असोजसम्म अध्ययन गरेको समितिका सदस्य एवं प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राधेश्याम गिरी बताउँछन् । उनका अनुसार गएको असोज १३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेपछि समितिको छानबिन रोकियो ।

एउटै योजनामा दुई निकायले छानबिन गर्न नहुने भन्दै समितिले प्रदेश सरकारलाई पत्राचार गरेको उनले जानकारी दिए ।

सरकारले विभिन्न घटनाबारे छानबिन गर्न भनी समिति बनाउँछ । तर, कार्यान्वयन त परकै कुरा प्रतिवेदन समेत सार्वजनिक गरिँदैन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro