site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फोहरले दुर्गन्धित नगरमा चार करोडको सहिदद्वार !

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले स्रोतसाधनको अभावमा नगरको फोहर सफा हुन नसकेको पटक–पटक सार्वजनिक मञ्चमा बताउँदै आएका छन् । तर, जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत मुजेलियामा चार करोड रुपैयाँभन्दा बढीको लागतमा सहिदद्वार बनाइँदै छ ।

जनकपुर प्रवेश गर्नेबित्तिकै फोहरको दुर्गन्ध सही नसक्नु रहेको नगरमा चार करोड २८ लाख रुपैयाँको प्रवेशद्वारको औचित्य नरहेको कार्यपालिकाका सदस्यहरूकै भनाइ छ ।

जनकपुरधाम उपमहानगरपालिका–७ का वडाध्यक्ष जनकीराम साह फोहर सफा गर्न नसकिएको नगरमा यति बढी रकम सहिदगेटका लागि खर्चिनुको औचित्य नरहेको बताउँछन् । “नगरप्रमुखले सहिदको सम्मानको लागि होइन, कमिसनको लागि चार करोडको लागतमा प्रवेशद्वार बनाउँदै छन्,” वडाध्यक्ष साहले भने, “फोहर सफा गर्न नसकेको नगरमा यति भव्य प्रवेशद्वारको के काम ? यसले सहिदको सम्मान होइन, अपमान गर्न सक्छ ।”

काम राम्रो भए पनि कार्यपालिका बैठकमा छलफल नगरी ‘सेटिङ’मा ठेक्का लगाइएको उनको आरोप छ ।

०७७ असार २१ गते सहिदद्वार निर्माणका लागि शिलान्यास गरिएको थियो । डेढ वर्षभित्रै काम सक्ने गरी काठमाडौंको गौरीपार्वती निर्माण कम्पनीले ठेक्का पाएको थियो । तर, काम अझै सकिएको छैन ।

इन्जिनियर वीरेन्द्र यादवका अनुसार सहिदको प्रतिमाबाहेक ९५ प्रतिशत काम सकिएको छ । आउँदो फागुन पहिलो सातासम्म सबै काम सकिने उनको भनाइ छ ।

मधेस आन्दोलनमा सहादत प्राप्त गरेका धनुषाका तीन सहिदहरूको स्मृतिमा प्रवेशद्वार बनाइँदै छ । मिथिला संस्कृति झल्कने सहिदद्वारमा तेस्रो मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका नितु यादव, दिलीप यादव र सञ्जय चौधरीको प्रतिमा राखिनेछ । सहिददद्वारको पूर्वपट्टि सडकछेउमा तीनै सहिदको अन्त्येष्टि गरिएको स्थल पनि छ ।

३१ फिट अग्लो द्वारको सबैभन्दा माथि धनुष लिएका भगवान् रामको प्रतिमा रहनेछ । तीनवटा पिलरमा तीनैजना सहिदको प्रतिमा र सिंगो द्वार धनुष आकृतिको बनाइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro