अर्थ व्यवसाय
काठमाडौं । सानिमा बैंकले कावासोती, बर्दिबास र अत्तरियामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आज गते कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।
नवलपुरकामे कावासोती शाखाको समुद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुनले गरिन् । यस्तै महोत्तरीको बर्दिबास शाखाको समुद्घाटन बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्की र कैलालीको गोदावरी नगरपालिका १, अत्तरिया शाखाको उद्घाटन गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले संयुक्त रूपमा गरे ।
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८ १८:३४
प्रतिक्रिया दिनुहोस्