site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
महाधिवेशन छिटो गराउन कांग्रेस नेतृत्वमाथि नेविसंघको दबाब
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आबद्ध विद्यार्थीहरूले शीघ्र संघको महाधिवेशन गर्न पार्टी नेताहरूलाई दबाब दिन सुरु गरेका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले नेविसंघको महाधिवेशन तत्काल गर्न माग गर्दै दबाब दिन सुरु गरेका हुन् ।

Dabur Nepal
NIC Asia

नेविसंघलाई गतिशील बनाई क्याम्पसहरूको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन पनि छिटोभन्दा छिटो विधानसम्मत ढंगले तदर्थ समिति गठन गरी संघको महाधिवेशन सम्पन्न गर्न पार्टी नेताहरूलाई दबाब दिने अभियान सुरु गरिएको नेविसंघमा आबद्ध विद्यार्थी विनोदराज जोशीले बताए ।

विद्यार्थीहरूले नेविसंघको महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गराउन कांग्रेस केन्द्रीय सदस्य एवं नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरलाई अनुरोधपत्र पनि बुझाएका छन् ।

पत्र बुझ्दै महरले नेविसंघलगायत भातृसंस्थाहरूको महाधिवेशन सम्पन्न गराउन आफूले नेताहरूलाई अनौपचारिक रूपमा दबाब दिँदै आएको र अब बस्ने केन्द्रीय समिति बैठकमा औपचारिक रूपमै छलफल गराउने प्रतिबद्धता जनाए । उनले पार्टी पदाधिकारीहरू भातृसंस्थाहरूको महाधिवेशन छिटो गराउन गम्भीर नभएको उल्लेख गर्दै उनीहरूमाथि दबाब दिन नेविसंघमा आबद्ध विद्यार्थीहरूलाई आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro