site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
मधेसमा ठगी 'गिरोह' सक्रिय !
SkywellSkywell

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका–१, लखौरीका पारस पासवानले कक्षा–१२ उत्तीर्ण गरेपछि जागिर गर्ने मनस्थिति बनाए । जागिर गरेर जनकपुर बसी स्नातकको पढाइलाई निरन्तरता दिने उनको लक्ष्य थियो ।

खर्च जुटाउन समस्या भएपछि जागिरसँगसँगै पढाइ गर्ने निधो गरे । गरिब परिवारका पारस जागिरका लागि अनेकौँ निजी कार्यालय धाए । तर, जागिर पाउन सकेनन् । जागिर नभएपछि पढ्ने सपना अधुरो हुने चिन्ताले पारसलाई पिरोल्न थाल्यो ।

उनले आफ्नो समस्या साथीहरूसँग सेयर गरे । एक साथीले गाउँकै शहादत राइनले नेताको ‘सोर्स’ लगाएर जागिर लगाइदिने गरेको बताए । “जागिर पाउने आसमा म र गाउँको बबलु भाइ वैशाख पहिलो साता शहादतको घरमा पुगेका थियौँ,” पारसले भने, “हामीले जागिरको प्रक्रियाबारे बुझ्न खोज्यौँ । तर, शहादतले हाकिमलाई मिलाएर काम गर्नुपर्ने भन्दै कुनै कुरा प्रष्ट रूपमा भन्न मानेनन् ।”

KFC Island Ad
NIC Asia

सडक डिभिजन कार्यालयमा नेता र हाकिमलाई पैसा खुवाएर जागिर दिलाउने शहादतले वाचा गरेको उनको भनाइ छ ।

कुराकानी भएको दुई दिन नबित्दै जागिर पक्का भएको भन्दै शहादतले पैसा माग्न थाले । उनीहरूले नियुक्तिपत्रसहितका कागजात मागे । “उनले सबै दिने भनेपछि म र बबलु पासवानले दुई÷दुई लाखको दरले शहादतलाई बुझायौँ,” पारसले भने । पैसा बुझाएपछि शहादतले नियुक्तिपत्र, सम्झौतापत्र र मासिक तलब विवरणसहितका कागजात पनि दिए ।

कागजात बोकेर पारस र बबलु भोलिपल्टै कार्यालय पुगे । कार्यालयमा पुगेपछि थाहा भयो, शहादतले दिएका सबै कागजातहरू किर्ते रहेछन् । बल्ल उनीहरूले आफूहरू ठगिएको थाहा पाए ।

“कार्यालयमा पुगेर हाकिमसँग भेट्यौँ । उहाँले हामीले कुनै पनि शहादत नामको व्यक्तिलाई चिन्दैनौँ, हामीले कसैलाई जागिर दिने कुरा पनि गरेका छैनौँ भन्नुभयो । कागजात देखाउँदा नक्कली रहेको भन्नुभयो,” पारसले सुनाए ।

पारस र बबलुलाई शहादतले सडक डिभिजन कार्यालय प्रदेश–२ को किर्ते लेटर प्याडमा आईटी सुपरभाइजर पदको नियुक्तिपत्र दिएको फेलापरेको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार मासिक २५ हजार रुपैयाँ तलब र तीन वर्ष कार्यावधि उक्त सम्झौतापत्रमा उल्लेख छ  ।

दुवैजना निराश भएर घर फर्के । शहादतलाई फोन गरेर पैसा फिर्ता माग्न थाले । शहादतले दुवैजनाको पैसा फिर्ता दिने भन्दै समय मागे । तर, दिएनन् ।

यही माघ ११ गते बबलु र पारसले जिल्ला प्रहरी कार्यालयमा किर्ते गरी शहादतले ठगी गरेको जाहेरी दिए । “ठगिएका दुईजना हाम्रो सम्पर्कमा आए । शहादतले दिएको किर्ते कागजात पनि देखाए । हामीले किर्ते गरी ठगी गरेको अधारहरू पाएपछि तुरुन्तै एक्सन लियौँ,” डीएसपी बस्नेतले भने, “तत्काल जरुरी पक्राउ पुर्जी दिई भोलिपल्टै जनकपुरको कदम चोकबाट पक्राउ ग¥यौँ ।”

गाउँका १५/२० जना त्यसरी नै ठगिएका बबलु बताउँछन् । तर, शहादतको डरले र पैसा गुम्ने जोखिमका कारण कोही पनि प्रहरीमा आउन नमानेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका प्रहरी निरीक्षक दिनेश अधिकारीले तीनजनासँग दुई लाख रुपैयाँका दरले ठगी गरेको प्रमाण पाएको जानकारी दिए । बबलु, पारस र दिपेश पासवान प्रहरीको सम्पर्कमा आएको उनले बताए ।

यसअघि, गएको पुस २० गते लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको कर्मचारी बताएर ठगी गरेको आरोपमा जनकपुरबाट एक युवक पक्राउ परेका थिए । महोत्तरीको पिपरा गाउँपालिका–७, दनौली बनौलीका ३२ वर्षीय सागरकान्त चौधरी पक्राउ परेका हुन् ।

उनीमाथि छानबिन गर्दा विभिन्न व्यक्तिको नाममा रहेका नियुक्तिपत्र, शपथ लिएका कागज, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको राजेश कापरको नामको दस्तखत भएको खाली चेक, पर्सा जिल्ला अदालत वीरगन्ज लेखिएको रबरस्टाम्प छापलगायत किर्ते कागजात बरामद भएको थियो ।

गएको असोज ७ गते पनि ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी थिइन् । डीआईजीको नाम लिएर पैसाको बार्गेनिङ गरी ठगेको आरोपमा सर्लाहीकी सुशीला थापा पक्राउ परेकी थिइन् । उनले प्रदेश नम्बर–२ का प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) उमेश रञ्जीतकारको नाम लिएर जागिर स्थायी गराउन ६ लाख रुपैयाँ घुस रकम माग गरेको अडियो रेकर्ड पनि सार्वजनिक भएको थियो । पर्साको मणिपुरका उदासकुमार पाण्डेसँग गोरुडामा रहेको प्रहरी स्कुलमा शिक्षक पदमा स्थायी गराइदिने भन्दै पैसाको 'बार्गेनिङ' गरेको अडियो बाहिरिएको थियो ।

मधेस प्रदेशमा दिनहुँ सोझा नागरिक प्रलोभनमा परेर ठगिइरहेका छन् । मधेस प्रदेश प्रहरीका प्रमुख उमेश रञ्जीतकार सर्वसधारण सचेत नहुँदा यसप्रकारको ठगी न्यूनीकरण गर्न समस्या भएको बताउँछन् ।

“अब पनि कसैले सोर्स लगाएर सरकारी जागिर लगाइदिन्छु भन्छ भने त्यो ठग हो,” डीआईजीले भने, “यस प्रकारको ठगीमा गरिब, विपन्न र कमजोर विद्यार्थी पर्छन् ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  ०६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro