site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेश १ मा एमालेका गुरु बराल आफ्नै दुई सांसदको मत नपाएपछि पराजित
विजयीय उमेदवार गोपाल बस्नेत ।

विराटनगर । प्रदेश १ बाट राष्ट्रिय सभामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार गोपाल बस्नेत विजयी भएका छन् । एमालेका उमेदवार गुरु बरालसँग मतभार बराबर भएपछि गोला तान्दा बस्नेत विजयी भएका हुन् ।

खुलातर्फ एमालेका बराल र गठबन्धनका बस्नेतले मतभार बराबर अर्थात ४ हजार ४८८ प्राप्त गरेका थिए । 

एमालेका प्रदेश नम्बर १ का दुई जना सांसदले बराललाई मत दिएको भए बरालको मतभार बस्नेतको भन्दा धेरै भई उनी विजयी हुने थिए । तर, दुई जना प्रदेश सांसदको मत बरालले पाएनन् । 

एमालेका ४० जना सांसदले मततान गरेपनि बरालले जम्मा ३८ मत प्राप्त गरे । एमालेको एउटा मत राप्रपालाई गयो ।  अर्को एक मत बदर भयो । एमालेकै एक जना सांसद गुलेफुन मिया मत खसाल्न नै आइनन् । उनी सरकारी कागजात किर्ते मुद्दामा फारर सूचीमा छन् । 

महिलातर्फ पनि एमालेका दुई सांसदले नेकपा एसकी उमेदवारलाई मत दिए भने अल्पसंख्यकतर्फ गठबन्धनका दुई सांसदले एमालेलाई मतदान गरे । प्रदेश नम्बर १ मा गठबन्धनका दुई उमेदवार र एमालेका एक जना राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  ०८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro