site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली चलचित्रको चरित्र के हो ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । हिन्दी सिनेमाको चरित्र मेलो ड्रामा, साउथको एक्सन, कोरियन चलचित्रको रोमान्टिक लभस्टोरी र कोरियन ड्रामा, जापानिज चलचित्रको चरित्र एनिमेसन हो भने नेपाली चलचित्रको चरित्र के हो ?

करिब ६ दशक लामो यात्रा तय गरेको नेपाली चलचित्र उद्योगको चरित्र अझैसम्म स्पष्ट भइसकेको छैन । न मेलो ड्रामा हो न त एक्सन, थ्रिलर, कमेडी र एनिमेसन नै हो । नेपाली चलचित्रले अझै स्पष्ट धार तय गर्न सकेको छैन ।

चलचित्र निर्देशक मीन भाम नेपाली चलचित्रको चरित्र अहिलेसम्म स्पष्ट नभएको बताउँछन् । “कोरियन चलचित्रको रोमान्टिक लभस्टोरी र कोरियन ड्रामा, जापानिज चलचित्रको चरित्र एनिमेसन भएजस्तो नेपाली चलचित्र उद्योगले आफ्नो चरित्र निर्माण गर्न सकेको छैन,” निर्देशक मीन भन्छन्, “नेपाली चलचित्रको चरित्र त्यति बेला मात्रै यो हो भन्न सकिन्छ, जति बेला विदेशीले हेर्दा ऊ आफैँले नेपाली चलचित्र यस्तो हुन्छ है भनेर मूल्यांकन गर्छ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

हालसम्म नेपाली चलचित्र उद्योग त्यो ठाउँमा पुगिनसकेको उनी बताउँछन् । नेपाली चलचित्र आफ्नो चरित्रको खोजीमा भौँतारिरहेको उनको बुझाइ छ ।

“मलाई लाग्छ, अहिले हामी नेपाली चलचित्रको चरित्रकै खोजीमा छौँ । विभिन्न जनारामा चलचित्र बनिरहेका छन् । रोमान्टिक लभस्टोरी, थ्रिलर, कमेडी, मेलो ड्रामा अथवा जति पनि छरिएर चलचित्र बनिरहेका छन्, यो पनि आफैँमा नराम्रो होइन । यसबीचबाटै हामी एउटा ठाउँमा पुग्ने हो,” निर्देशक मीन भन्छन्, “सम्भवतः अझै केही समय हामीलाई आफ्नै पहिचान बनाउन लाग्छ । तर, हामी आफ्नै चरित्र निर्माण गर्न पक्कै पनि सक्नेछौँ ।” 

Royal Enfield Island Ad

नयाँ–नयाँ फिल्ममेकरहरू आउने क्रममा रहेकाले उनीहरूले अपेक्षित राम्रो काम गर्ने र नेपाली सिनेमा क्षेत्रले एउटा आकार ग्रहण गर्नेमा उनी ढुक्क छन् । सिनेमा कलेज पढेर र वर्ल्ड सिनेमा अध्ययन गरेर आएको अहिलेको पुस्ताको मेकिङसँगै नेपाली चलचत्रिको आफ्नो छुट्टै विशेषतासहितको चरित्र निर्माण हुनेमा मीन विश्वस्त छन् ।

चलचित्र उद्योगको परिचय स्थापित नभएसम्म चलचित्रको चरित्र पनि निर्माण नहुने निर्देशक निश्चल बस्नेतको धारणा छ । नेपाली चलचित्रको चरित्र के हो भन्ने प्रश्नको जवाफ अहिले कसैले पनि दिन नसक्ने उनी बताउँछन् ।

“धेरैलाई अहिले नेपाली चलचित्र कस्तो हुन्छ भनेर सोध्यो भने सम्भवतः अधिकांशले नेपालमा बलिउडका जस्तै सिनेमा बनिरहेका छन् भन्नुहुन्छ होला,” निर्देशक बस्नेत भन्छन्, “मलाई हाम्रो चलचित्रको आफ्नै परिचय छ जस्तो लाग्दैन । नेपाली फिल्म यस्तै हो र यस्तो हुन्छ भनेर भन्न सकिन्छ जस्तो लाग्दैन ।” आफ्नो परिचयको खोजीमै नेपाली चलचित्र उद्योग रहेको उनी बताउँछन् ।

निर्देशक निश्चल ६ दशक लामो इतिहास पार गरिसक्दा पनि नेपाली चलचित्र यस्तो हुन्छ भनेर भन्न नसक्नु भनेको ‘हामीले आजसम्म उल्लेखनीय काम गर्न सकेनछौँ भन्ने कुराको पुष्टि हो’ भन्छन् । अहिलेसम्म नेपाली चलचित्रको इमेज थाहा छैन भने राम्रो काम भएको छैन भनेर नै बुझ्नुपर्ने उनी सुनाउँछन् ।

नेपाली सिनेमा भनेको के हो भन्ने विषयमा नै बहस छेड्नुपर्ने आवश्यकता रहेको निर्देशक तथा समीक्षक मनोज पण्डित बताउँछन् । स्पष्ट चरित्र निर्माण नै आजसम्म हुन नसकेको उनको बुझाइ छ । “हिरोइजमसहितको मेला ड्रामाटिक म्युजिकल सिनेमा बलिउड सिनेमा भनेजस्तो नेपाली सिनेमाको चरित्र यो हो भन्ने विशेषता नै निर्माण हुन सकेको छैन,” उनी भन्छन्, “हामी मौलिक सिनेमा भनेर धेरै समयदेखि भन्दै आएका छौँ । वास्तवमा मौलिक सिनेमामा पनि हामीले धेरै काम गरेका छैनौँ । त्यसैले के हो नेपाली सिनेमा भन्नेमा नै हामी स्पष्ट हुने गरी काम गर्न सकेका छैनौँ ।”

पीडादायी अवस्थामा नेपाली सिनेमा क्षेत्र रहेको र यथार्थमा नेपाली सिनेमा नै नबनिरहेको उनको भनाइ छ ।

समग्र चलचित्रको विकास र विस्तार हुन नसक्नुका पछाडि थुप्रै कारण रहेको र त्यसमध्ये एउटा कमजोर नीति निर्माण तह भएको निश्चलको ठहर छ । कस्तो चलचित्रलाई प्राथमिकतामा राख्ने भन्ने सामान्य नीतिसमेत नबन्नु/नबनाउनु राज्यको कमजोरी भएको उनी औँल्याउँछन् । कमर्सियल चलचित्र मात्रै चलचित्र हो भन्ने बुझाइ र लेखाइ रहेको भन्दै निश्चल असन्तुष्टि जनाउँछन् ।

नेपालमा सिनेमाप्रतिको बुझाइ र लेट्रेसी रेट पनि न्यून रहेको निश्चलको ठम्याइ छ । प्रत्येक सिनेमालाई एउटै डालोमा रोखर मूल्यांकन गर्न नहुनेमा उनको जोड छ । “यस्ता धेरै कुराहरूले आजसम्म कुनै न कुनै तह र परिमाणमा हाम्रो पहिचान बन्न नदिन भूमिका खेलेको छ भन्ने लाग्छ,” निश्चल भन्छन् ।

निर्देशक प्रदीप भट्टराई अरूले छोडेको अथवा नजरअन्दाज गरेको विषयलाई उठान गर्न सके मात्रै आफ्नै छुट्टै पहिचान स्थापित हुने बताउँछन् । अरूको नक्कल वा कपिक्याट गरेर आफ्नो पहिचान बनाउन नसकिनेमा ढुक्क हुनुपर्नेमा उनको जोड छ ।

“केही दिन अगाडि म अल्लु अर्जुनको अन्तर्वार्ता हेर्दै थिएँ । उनी अन्तर्वार्तामा भन्दै थिए– साउथ स्टाब्लिस्ट भएको बलिउडले सानो भनेर छोडेका साना–साना कुरा उठाएर हो । उनको यो कुरामा म सहमत छु,” प्रदीप भन्छन्, “आफ्नो छुट्टै पहिचान र अस्तित्त्व खडा गर्ने हो भने आफैँ बाटो खनेर हिँड्नुपर्छ । अरूले खनिदिएको बाटोमा हिँडेर हुँदैन ।”

नेपाली चलचित्रलाई सुरुका वर्षमा बलिउड सिनेमाको हुबहु नक्कल गरेको आरोप लाग्यो भने पछिल्ला वर्षमा युरोप, कोरियन तथा अमेरिकन सिनेमाको आरोप लाग्ने गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  ०९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro