site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेन मामिलामा शान्तिपूर्ण बाटो अपनाउन रुसलाई अमेरिकाको आग्रह
SkywellSkywell

बीबीसी । अमेरिकाले युक्रेनको मामिलामा शान्तिपूर्ण बाटो अपनाउन रुसलाई आग्रह गरेको छ ।

युक्रेनमाथि आक्रमण हुने डर बढिरहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले ‘कूटनीतिक र शान्तिपूर्ण बाटो’ अपनाउन रुसलाई आग्रह गरेका हुन् ।

अनुमानित एक लाख रुसी सेना युक्रेनको सीमानामा तैनाथ गरिएको छ । युक्रेनी राजधानी कीभ भ्रमणमा रहेका विदेशमन्त्री ब्लिङ्कनले छोटो समयमा उनीहरूलाई बलियो बनाउने रुसी योजना रहेको बताएका छन् ।

KFC Island Ad
NIC Asia

रुसले छिमेकी युक्रेनमाथि आक्रमण गर्ने योजना बारम्बार अस्वीकार गर्दै आएको छ । तर, वरिष्ठ अमेरिकी अधिकारीहरूले मस्कोले कुनै पनि समयमा आक्रमण गर्न सक्ने बताउँछन् ।

अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले युरोपेली सहयोगीहरूसँग कुराकानी गरेपछि शुक्रबार जेनेभामा रुसी समकक्षीसँग भेट्नेछन् ।

Royal Enfield Island Ad

रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरेको भन्ने अमेरिकी दाबी अस्वीकार गर्दै त्यो पूर्ण रूपमा गलत भएको बताएका छन् ।

युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजनीकोभले मस्कोमाथि तत्काल प्रतिबन्ध लगाउन पश्चिमा सरकारहरूलाई आग्रह गरेका छन् ।

बढ्दो तनावबीच बेलायतले युक्रेनमा एन्टी ट्याङ्क मिसाइल पठाएको छ ।

मंगलबार मस्को भ्रमण गरेका जर्मन विदेशमन्त्री एनालेना बारबोकले थप सैन्य वृद्धि गरे रुसी सत्ताले आर्थिक, राजनीतिक र रणनीतिक मूल्य चुकाउनुपर्ने चेतावनी दिएकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro