site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रूसले गर्‍यो युक्रेनमा 'ठूलो' हमला, २६७ ड्रोन हाने

नयाँदिल्ली । रूसले युक्रेनमा ठूलो ड्रोन आक्रमण गरेको छ । यो हमला यस युद्धको तीन वर्ष पूरा भएको एक दिनअघि (शनिबार राति) भएको हो ।

युक्रेनको वायुसेना कमाण्डका प्रवक्ता युरी इग्नाटले रूसले एउटै समन्वयात्मक आक्रमणमा ‘रेकर्ड’ २६७ ड्रोन खसालेको बताए ।

युक्रेनका आपतकालीन सेवाहरूले आक्रमणका कारण धेरै क्षेत्र ध्वस्त भएको र धेरै भवनहरूमा रातभर आगो लागेको बताएका छन् । यस हमलामा कति जनाको ज्यान गएको भन्ने अझै स्पष्ट नभए पनि आपतकालीन सेवाको प्रारम्भिक तथ्यांकले कम्तीमा तीनजना घाइते भएको देखाएको छ ।

यसैबीच, रूसको रक्षा मन्त्रालयले राति प्रहार गरेका २० वटा युक्रेनी ड्रोन ‘नष्ट’ ​​भएको बताएको छ ।

रूसी आक्रमणपछि, जेलेन्स्कीले एक विज्ञप्तिमा युद्ध जारी रहेको र यस क्षेत्रमा शान्ति ल्याउन आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  २०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro