काभ्रे । पनौतीमा चलिरहेको मकरमेलाको सन्दर्भ पारेर नेपाली भाषामा ‘पनौतीको बाह्रवर्षे मकरमेला’ र अंग्रेजी भाषामा प्रकाशित ‘मकर मेला अफ पनौती’ गरी दुई पुस्तकको विमोचन गरिएको छ । दुवै पुस्तक साहित्यमा सक्रिय संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले लेखेका हुन् ।
पनौतीमा आयोजित कार्यक्रममा लाकोजूद्वारा रचना गरिएको पनौतीको चिनारी बोकेको गीत पनि सार्वजनिक गरिएको थियो । उक्त गीतमा विजयराम कर्माचार्यको आवाज र सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ ।
कृतिको विमोचन गर्दै प्रमुख अतिथि पनौती नगरपालिकाका नगरप्रमुख भीम न्यौपानेले मकरमेला पुस्तकमा पनौतीको ऐतिहासिक, प्राकृतिक, धार्मिक महत्वका बारेमा उल्लेख भएका कारण पुस्तक जानकारीमूलक रहेको बताए ।
साहित्यकार मोहन दुवालले सर्जकहरूको लेखन समाजको दर्पण भएको बताए ।
कार्यक्रममा प्रभा बराल, कृतिकार लाकोजू, राजेन्द्र पसक्षे, विजयराम कर्माचार्य, रामसुन्दर देउजा, सुरेन्द्र श्रेष्ठ, विमल न्यौपाने लगायतले कृतिका विषयमा बोलेका थिए ।