साहित्य
काठमाडौं । नेपाली रंगकर्मी अनुप बरालले अभिनय एकपटक सिकेर जीवनभर पुग्ने खालको विषय नभएको बताएका छन् । ‘मास्टर क्लास विथ अनुप बराल’को पोस्टर सेयर गर्दै उनले यस्तो बताएका हुन् ।
अनुप भन्छन्, “अभिनय कलालाई माझ्न र विस्तार गर्न चाहनुहुन्छ भने यो ‘स्पेस’ एउटा उपयुक्त थलो हुनसक्छ । किनभने, अभिनय साइकल सिकेजस्तो होइन, जुन एकपटक सिकेर जीवनपर्यन्त रहिरहन्छ भन्ने हुँदैन । हामी जुन दिन कलाको महत्त्वलाई एक कदम पछाडि छोडिदिन्छौँ, कलाले हामीलाई चार कदम पछाडि छोडिदिन्छ ।”
रंगकर्मी बराल पछिल्लो समय नयाँ पुस्तालाई अभिनय सिकाउनमा व्यस्त छन् ।
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८ १५:३६
प्रतिक्रिया दिनुहोस्