काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पूर्व निर्धारित परीक्षाहरू नरोकिने भएको छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारबाट देशैभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसपछि मन्त्रालयले भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
तर, त्रिविका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर जेड आकारमा बसाई सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ । अहिले त्रिविको सेमेस्टर अन्तर्गत चौथो वर्षको परीक्षा भइरहेको छ ।
देशभर कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएको र ओमिक्रोन भेरियन्ट पनि पुष्टि भन्दै विद्यालयहरू बन्द गर्न लागेका मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताए । २७ पुसदेखि १५ माघसम्म जाडो बिदा मिलान हुने गरी निर्णय भएको हो ।