site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारको पहिलो प्राथमिकता विद्युत खपत : उर्जा मन्त्री
SkywellSkywell

काठमाडौं । उर्जा मन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई पनि विद्युत व्यापार गर्न दिने तयारीसहित कार्यविधि बनाइरहेको बताएकी छन् । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान)ले सोमबार आयोजना गरेको नेपाल पावर समिटमा मन्त्री भुसालले निजी क्षेत्रलाई पनि विद्युत व्यापार गर्न दिने तयारी भइरहेको बताएकी हुन् ।

र्ईप्पानले प्रवद्र्धन गरेको नेपाल पावर एक्सचेन्ज लिमिटेडले विद्युत व्यापार गर्न दिन दुई वर्ष अगाडिदेखि माग गर्दै आएको छ । कम्पनीले भारतमा विद्युत व्यापार गर्न भारतीय कम्पनी मनिकरन पावर लिमिटेडसँग विद्युत व्यापार खरिद सम्झौता गरेको छ ।

KFC Island Ad
NIC Asia

कार्यक्रममा उनले सरकारको सरकारको पहिलो प्राथमिकता विद्युत खपतलाई वृद्धि गर्दै लैजाने रहेको बताइन् । यसका लागि सरकारले विद्युतीय चुल्होको प्रयोग र विद्युतीय सवारी साधानको प्रयोगलाई प्रवद्र्धन गर्ने नीति लिएको उनले बताइन् । 

“अहिले निजी क्षेत्रबाट सञ्चालित उद्योगले मागेअनुसरको विद्युत उपलब्ध गराउँदै आएका छौँ । साथै हामीले बढी विद्युत खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई विशेष आह्वानसमेत गर्दै आएका छौँ,” उनले भनिन् ।

विद्युत् आर्थिक विकासका लागि कच्चा पदार्थ पनि रहेको भन्दै उनले सोही कारण देशले चाहेको समृद्धिका लागि विद्युत उत्पादन र खपत वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिइन् । “हाम्रो देशको प्रतिव्यक्ति विद्युत खपत न्यून छ । यसलाई कम्तिमा प्रतिव्यक्ति विद्युत खपत ७ सय युनिट पुर्याउनुपर्नेछ । यसका लागि हाम्रो आन्तरिक विद्युत खपत करिब ५ हजार मेगावाट पुर्याउनुपर्दछ ।” हाल नेपालमा पिक आवरको विद्युत माग करिब १६ सय ५० मेगावाट रहेको छ ।  

कार्यक्रममा ईप्पानका अध्यक्ष कृष्ण आचार्यले भारतसँग अब बिजुलीको सम्बन्ध पनि जोडिएको बताए । नेपालको उर्जाका लागि भारत महत्वपूर्ण बजार रहेको भन्दै उनले निजी क्षेत्रले पनि भारतमा विद्युत निर्यात गर्न गरेको सम्झौता महत्वपूर्ण भएको बताए । उनले निजी क्षेत्रलाई पनि विद्युत व्यापारको लाइसेन्स दिन आग्रह गरे । 

भारत सरकारका पूर्व ऊर्जा सचिव आर भी शाही, लगानी बोर्डका सदस्य तथा नेपाल उद्योग परिसङ्घका पूर्व अध्यक्ष हरिभक्त शर्मा, मनिकरण पावर इन्डियाका एमडी नवजित सिंह कल्सीलगायतले उर्जाको महत्व र विकासका विषयमा धारणा राखेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro