site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मीरगंजको साटो वैकल्पिक मार्ग खुलाउन भारत समक्ष माग
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । विराटनगर–जोगबनी नाका जोड्ने भारतको बथनाहास्थित मीरगंज पुलको विकल्पबाट मालवाहक सवारी आवागमन बन्द भएकोले वैकल्पिक मार्ग खुला गर्न उद्योगी व्यवसायीले माग गरेका छन् । 

हालै क्षतिग्रस्त हुन गई नेपालतर्फ मालवाहक सवारी साधनहरुको आवागमन ठप्प हुन गएकाले यसको विकल्पको रुपमा नयाँ मार्गबाट सामान आयात गर्ने वातावरण बनाउन नेपाल र भारत सरकारको ध्यानाकर्षण गरिएको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उक्त पुलमार्फत हुने आवागमन ठप्प हुँदा नेपाल तथा मोरङ–सुनसरी आर्थिक कोरिडोरका लागि भित्रने खाद्यान्न, दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ, औषधीजन्य सहित कैयौं प्रकारका सामग्री बोकेका सवारी साधनहरु सम्बन्धित गन्तव्यमा पुग्न नसकेको मोरङ व्यापार संघले जनाएको छ । संघले नेपालका प्रधानमन्त्रीसहित भारतका पारवहन मन्त्रीलाई ज्ञापन पत्र पठाई माल वस्तुहरुको सुरक्षा र गुणस्तर जोखिममा पर्दै गएको र लागत खर्च अनपेक्षित रुपले वृद्धि भएकाले वीरपुर मार्गबाट सामान आयात गर्ने वातावरण मिलाउन माग गरेको छ ।

संघका अनुसार विराटनगर भन्सार कार्यालयबाट हुने दैनिक १५ करोडभन्दा बढीको राजस्व संकलन कार्यसमेत प्रभावित भएको जनाइएको छ । संघका अध्यक्ष प्रकाश मुन्दडाले भारतको अररिया जिल्लाको अररिया– कुर्साकांटा–जोगबनी मार्गलाई वैकल्पिक मार्गको रुपमा संचालनमा ल्याउन, जीर्ण अवस्थाको मिरगंज पुलको तत्कालै मर्मत गर्न, सो पुलको समानान्तरमा अन्तिम चरणमा निर्माणाधीन नयाँ पुलको निर्माण कार्य यथाशीध्र सम्पन्न गराउन माग गरिएको बताए । उनले भेन, “तत्कालीक रुपले सो नयाँ पुलको एक लेन भए पनि सञ्चालनमा ल्याउन तथा भीमनगर–भन्टाबारी भन्सार नाका मार्फत उक्त मालवाहक सवारी साधनहरु भित्र्याउन सकिने व्यवस्था गराउन ध्यानाकर्षण गरेका छौं ।”

Royal Enfield Island Ad

यसैबीच, मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष नवीन रिजालले काठमाडौंमा आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरी मीरगंज पुलको‌ समस्याबारे जानकारी गराएका छन् । संघको तर्फबाट ज्ञापनपत्र बुझाउँदै रिजालले वैकल्पिक उपाय खोज्न सरकारसँग माग गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro