राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरू चाहिएको बताएका छन् ।
देशमा धेरै कुराहरू बिग्रेको उल्लेख गर्दै उनले त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले तन्नेरीहरू जोसिला हुने भन्दै त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको औँल्याए ।
नेपाललाई योभन्दा धेरै माथि पुर्याउने संकल्पसहित आफूले अबको १०/१५ वर्ष मात्रै सक्रिय राजनीति गर्न चाहेको पनि उनले दोहोर्याए ।
उनले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: शनिबार, पुस २४, २०७८ १७:२२
प्रतिक्रिया दिनुहोस्