site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्रीबीच टेलिफोन वार्ता
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशङ्करबीच दुई देशबीचको आपसी सहकार्य र सम्बन्धका बारेमा कुराकानी भएको छ ।

परराष्ट्र मन्त्रालयकाअनुसार उनीहरूबीच आज भएको टेलिफोन वार्तामा द्विपक्षीय सहकार्यका विविध क्षेत्रका बारेमा छलफल भएको हो । विकास साझेदारी र कोरोना महामारीमा पनि नेपाल र भारतबीचको सहकार्य उल्लेखनीय रहेको उनीहरूबीच कुराकानी भएको थियो ।

मन्त्रालयका अनुसार उनीहरूबीच दुई देशबीचको सहकार्यको दायरा अझ फराकिलो बनाउने सम्बन्धमा पनि छलफल भएको थियो । परराष्ट्रमन्त्री डा. खड्का र भारतीय विदेशमन्त्री जयशङ्करले नयाँ वर्षको शुभकामनासमेत आदानप्रदान गरेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  २१:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय