site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीमा माग– महाधिवेशन हलबाटै सबै पदाधिकारी चुनियोस् 
SkywellSkywell

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको हलले नै पदाधिकारी चयन गर्न प्रतिनिधिहरूले माग गरेका छन् ।

बुधबार समूहगत छलफलको निष्कर्ष सुनाउँदै समूह १४ की विमला केसीले पदाधिकारी हलबाटै चयन गर्न माग गरेकी हुन् ।

KFC Island Ad
NIC Asia

“विद्यार्थीलगायत कमिटीमा अध्यक्ष मात्रै घोषणा गरेर अरू पदाधिकारी चयन गर्न बाँकी राख्यौँ । त्यसले राम्रो सन्देश दिएन । माओवादीले पूर्ण रूपमा संगठनात्मक विधि बनाएन भन्ने आरोप लागिरहेको छ । अहिले पनि अध्यक्ष मात्रै चुनिएर हुँदैन । सबै पदाधिकारी हलबाटै चुनिनुपर्छ,” उनले निष्कर्ष सुनाउँदै भनिन् ।

माओवादीमा अहिले अध्यक्षबाहेक पदाधिकारी हाल थाती राख्ने र केन्द्रीय कमिटीले चयन गर्ने चर्चा छ ।

त्यस्तै, उक्त समूहले पार्टीमा नैतिकता, आचारसंहिताअनुसार पार्टी सदस्यहरू अघि बढे मात्र समाज परिवर्तन हुने सुझाव दिएको छ ।

त्यस सन्दर्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमा आएका विषयलाई कार्यान्वयन गर्न पनि माग गरिएको छ । महाधिवेशनको बन्दसत्रमा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि समूहगत छलफलपछि निष्कर्ष सुनाइएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro