site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
धर्म सकारात्मक सोच र सच्चरित्र विकासमा सहयोगी हुनुपर्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नम्बर–१ का मुख्यमन्त्री राजेन्द्र राईले धर्म सकारात्मक सोच र सच्चरित्र विकासमा सहयोगी हुनुपर्ने बताएका छन् ।

शनिबार विराटनगरमा श्रीकृष्ण प्रणामी युवा परिषद्को १ नम्बर प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले धर्म सबैको मनमा उत्पन्न हुने भएकोले अन्धता र विकृत हुन नहुनेमा जोड दिए ।

मुख्यमन्त्री राईले भने, “मानव र समाज हितको लागि धर्म सहयोगी हुनुपर्छ । दुर्व्यसन ठूलो चुनौतीको रूपमा आएकोले सच्चरित्र विकासमा समेत सहयोगी बन्न हातेमालो आवश्यक छ ।’’ उनले धर्म समाज रूपान्तरणमा सहयोगी हुनुपर्नेमा पनि जोड दिए ।

संविधानले धार्मिक समानताको कुरा गरेको र यसको सक्कली भाव भनेको आस्तिक पनि हुन पाइने र नास्तिक पनि हुन पाइने भन्दै उनले राज्यले सबै धर्मलाई समान व्यवहार गर्ने बताए । धर्मको आधारमा भेदभाव गर्न नहुने उनले उल्लेख गरे ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी परिषद्का अध्यक्ष जगदीशचन्द्र शर्माले धार्मिक सहिष्णुताका लागि युवा परिचालन आवश्यक भएको बताए । जातीय विभेद र छुवाछूतको परिपाटी विस्तारै समाजबाट हट्न थालेको उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro