site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यी दुई बाटोमध्ये एउटाबाट नेपालमा राजसंस्था र हिन्दुराष्ट्र आउँछ : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गर्न कसैले रोक्न नसक्ने जिकिर गरेका छन् । शुक्रबार (चैत १) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले देश हाल चौबाटोमा पुगिसकेको बताए ।

“...अहिलेको सबै घटनाक्रमले प्रस्ट पारेको छ, यसलाई यहीँ रोकेर राख्न सकिँदैन । अब अगाडि बढ्नेवालै छ,” उनले भने, “र, नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापना हुनेवालै छ । यसलाई कसैले रोक्न सक्दैन ।”

उनले भीडले नेताहरूलाई विस्थापित वा राजनीतिक दलका बीचमा सहमति कायम गरेर राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापना हुने जिकिर गरे । दलहरू सबै अटाउने प्रजातन्त्रसहिको राजसंस्थामा सहमति कायम गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा आफूहरू रहेको उनले उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“दुइटा बाटोमध्ये कुनचाहिँ बाटोबाट यसलाई स्वीकार्ने भन्ने कुरा हो । एउटा बाटो, अहिलेको संस्थापनलाई निषेध गरेर, भनेको भीडले अहिलेको नेताहरूलाई विस्थापित गरेर,” उनले भने, “बंगलादेश, श्रीलंकाजस्तो नेताहरूलाई भागाभागको स्थिति बनाएर ।”

उनले थपे, “दोस्रो, त्यस्तो स्थिति आउन नदिएर सबै राजनीतिक शक्तिहरूको बीचमा नयाँ सहमति गरेर । कुनचाहिँ बाटोबाट आउँछ, तर आउँछ ।”

अध्यक्ष लिङदेनले राजसंस्था र प्रजातन्त्र एकार्काको विकल्प हो भन्ने भ्रम फैलाएर समाजलाई विभाजित गर्ने प्रयास गरिएको बताए । राजसंस्था र प्रजातन्त्र एकार्काका विकल्प नभएको उनले धारणा राखे ।

उनले पूर्वराजाको स्वागतमा आफूहरूले हालसम्मकै ठूलो ‘जनसागर’ देखेको बताए । केही सञ्चारमाध्यमले पूर्वाग्राही ढंगले समाचार सम्प्रेषण गरेको उनको भनाइ थियो ।

“...मैले त मेरो जीवनमा मेरो आँखाले देखेको सबभन्दा ठूलो जनसागर हो त्यो,” उनले भने, “त्यो चिज कति सञ्चारमाध्यमको समाचारको विषय बनेन । छाप्नुपर्ने र उल्लेख गर्नुपर्ने विषय भएन ।”

उनले सञ्चारजगत् पूर्वाग्रही बन्न नहुनेमा जोड दिए । परिवर्तनको यात्रालाई अनदेखा गरेर देशलाई दुर्घटनातर्फ लैजान दिन नहुने उनले बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्