site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वविशिष्टलाई सुविधाको कुनै तयारी छैन, हल्लाको पछि नलागौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं ।  उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तर्क्रियाका क्रममा उनले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको पनि बताए । यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको उनको भनाइ छ ।

०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएका थिए ।

अहिले त्यस्तै प्रकृतिको कानुन निर्माणमा सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आए पनि सरकारले त्यस्तो तयारी नगरेको उपप्रधानमन्त्री सिंहले प्रष्ट पारे । सरकारविरूद्ध विभिन्न माध्यमबाट हल्ला फैलाइएको भन्दै यथार्थ बुझ्नुपर्नेमा जोड दिए ।

त्यस्तै, सिंहले जनताले लडेर अहिलेको अधिकार प्राप्त  भएको भन्दै  कसैले किस्तिमा राखेर नदिएको  बताए । प्राप्त अधिकारको रक्षा गर्दै जनताको जीवन र जिविका सहज बनाउन सरकारले काम गरिरहेको सिंहको दाबी छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro