फोटो फिचर
काठमाडौं । किरात समुदायले आइतबार उधौली पर्व धुमधामका साथ मनाइरहेको छ ।
हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरुहुने उधौली पर्व मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ । खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर मंसिर शुक्ल पूर्णिमाको दिनको उधौली पर्व मनाउने गरिन्छ ।
उधौली-उभौलीले ऋतु परिवर्तन र पर्यावरण अनुकुलता अनुरूपका कामका रूपमासमेत लिने गरिन्छ । उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने गरिन्छ ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८ १६:०५
प्रतिक्रिया दिनुहोस्