site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
कवि तीर्थका कविता विराटनगरमा
SkywellSkywell

विराटनगर । विराटनगर स्थित आरोहण गुरुकुलले चर्चित कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रम आयोजना गर्यो । 

‘काव्यारोहण’अन्तर्गत आरोहण कविता यात्राको छैटौं शृंखलामा, बितेको साढे चार दशकभन्दा बढीदेखि साहित्य लेखनमा सक्रिय श्रेष्ठले आफ्ना दुई दर्जन कविता वाचन गरे । 

गुरुकुलको नाट्यघरमा आयोजित कार्यक्रममा कवि श्रेष्ठले ‘प्रेमको पुस्तक’, ‘बाघ’, ‘फोटोमा’, ‘बोन्साई’, ‘म मुक्तिनाथ’, ‘धर्मग्रन्थ’, ‘मलाई इलाम हुन मन लाग्यो’, ‘लाहुरेको चिठ्ठी’, ‘आमा’, ‘ओ काठमाडौं,’ ‘सर्प र राजधानी’, ‘तान्सेन’, ‘पागलहरू छन् चुपचाप’, ‘चराहरू’, ‘वृद्धाश्रमबाट आमाको चिठ्ठी’, ‘असमर्थ राजधानीसँग’, ‘लयमा’ लगायतका कविताहरू सुनाए ।

Dabur Nepal
NIC Asia

कवि श्रेष्ठले आफ्ना कवितामार्फत् माओवादी सशस्त्र द्वन्द्वका क्रममा मारिएका शिक्षक मुक्तिनाथ अधिकारीदेखि आफूलाई छाडेर जाने प्रेमिकासम्मलाई सम्झन भ्याए । आफूले वाचन गर्ने कविताको पृष्ठभूमि र रचनागर्भ पनि सुनाउँदै सारा दर्शकको ध्यान आफूतिर तानेका थिए । 

पोखरामा जन्मिएका श्रेष्ठका ‘जिन्दगीको गुरुक्षेत्रबाट,’ ‘पाइलाका नीवहरूले’ र ‘धर्सैधर्साको चक्रव्यूह’, ‘महाभारतका गीतहरू’, ‘जिन्दगीको गोधूलीमा’, ‘मेरै हिमालजस्तो’लगायतका कृतिहरू प्रकाशित छन् । 

राष्ट्रिय प्रतिभा पुरस्कार, मोती युवा वर्ष पुरस्कार, शिरोमणि पुुस्कार, वासुशशी स्मृति पुरस्कारलगायत दुई दर्जनभन्दा बढी विभिन्न पुरस्कार र सम्मानबाट विभूषित श्रेष्ठले पटक–पटक आफ्नो विगतलाई स्मरण गरे । दर्शकबाट पटक–पटक ‘वान्समोर’ भनेपछि उनले ‘हिउँमा लेखिएका नामहरू’ वाचन गरे ।

२०७६ मंसिर ७ गतेदेखि सुरु भएको काव्यारोहण शृंखलामा यसअघि बैरागी काइँला, तुलसी दिवस, बम देवान, मोमिला र मनप्रसाद सुब्बाले कविता वाचन गरिसकेका छन् । कोभिडका कारण पाँचौं शृंखलापछि काव्यारोहणलाई निरन्तरता दिन नसकिएको कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले बताए । 

सशुल्क आयोजना हुने कार्यक्रममा पूर्वका मोरङसहित, धनकुटा, सुनसरी, झापा, इलामलगायतबाट कवि साहित्यकारहरू सहभागी हुने गरेका छन् । कोरोना कहर घट्दै गए अन्य शृंखलालाई निरन्तरता दिँदै जाने कार्यक्रम संयोजक धीरज राईले बताए । 

कविता वाचनपछि कवि श्रेष्ठलाई आरोहणकातर्फबाट अध्यक्ष भैरव क्षेत्रीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro