हलिउड । ‘मिस वल्र्ड २०२१’ कोरोनाको मारमा परेको छ । जसका कारण यसको ग्रान्ड फिनाले स्थगीत भएको छ । प्रतियोगीहरुमा कोरोना संक्रमण देखिएपछि यसको ग्रान्ड फिनाले स्थगीत गरिएको हो ।
विहीबार कार्यक्रम सुरु हुन केही घण्टामात्रै बाँकी हुँदा आयोजकले कार्यक्रम पोस्टपोन्ड गर्ने घोषणा गरको हो । “प्रतियोगीहरुमा बढ्दै गएको संक्रमणलाई ध्यानमा राख्दै मिस वर्ल्ड आयोजकले फिनाले पोस्टपोन्ड गर्ने निर्णय लिएको हो,” जारी विज्ञप्तिमा भनिएको छ ।
यतिबेला प्रतियोगीहरु पोर्टोरिकोमा आइसोलेसनमा छन् । सहभागी प्रतियोगीहरुमध्ये १७ जना प्रतियोगीहरुमा कोरोना पुष्टि भएपछि आयोजक टिमले यो निर्णय लिएको हो ।
ग्रान्ड फिनाले सोही ठाँउमा अबको ९० दिन पछिलाई तोकिएको छ । एनडीटीभी