राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिमा शेरबहादुर देउवालाई सघाउने भएपछि समर्थकहरू उत्साही देखिएका छन् ।
सभापति पदको निर्वाचन दोस्रो चरणमा गएपछि सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेका हुन् । उक्त खबर बाहिरिएसँगै काठमाडौंको प्रदर्शनी मार्गमा देउवा र प्रकाशमानको समर्थनमा कार्यकर्ताले नारा लगाइरहेका छन् । उनीहरूमा खुसीयाली छाएको छ ।
पहिलो चरणमा सभापतिका कुनै पनि उमेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो । दोस्रो चरणमा धेरै मत ल्याउने दुई उमेदवारबीच मात्र प्रतिष्पर्धा हुनेछ । अब शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा हुनेछ ।
तस्बिरहरू हेर्नोस्–
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८ ११:३९
प्रतिक्रिया दिनुहोस्