राजनीति
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् ।
एक हजार ९०६ मत गणना हुँदा देउवाले ९१२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कोइरालाले ६९४ मत पाएका छन् ।
प्रकाशमान सिंहले १५९ मत ल्याउँदा विमलेन्द्र निधिले ११२ र कल्याण गुरुङले ७ मत ल्याएका छन् ।
सोमबार राति सम्पन्न मतदानमा जम्मा ४६८९ मत खसेको थियो । सभापतिमा विजयी हुन कम्तीमा २३४० मत आवश्यक पर्ने छ ।
सभापतिका लागि खसेको मतको ५० (२३४०) प्रतिशत कुनै पनि उमेदवारले कटाउन नसके पुनः दोस्रो चरणमा मतदान हुनेछ । दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई उमेदवारबीच प्रतिष्पर्धा हुन्छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८ ०६:३२
प्रतिक्रिया दिनुहोस्