राजनीति
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक विभिन्न १५ वटा एजेन्डामा छलफल गरेर सकिएको छ । बैठकले चितवनमा सम्पन्न महाधिवेशनबाट निर्वाचित सदस्य तथा पदाधिकारीलाई प्रमाणपत्र दिनेदेखि जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्नेसम्मका निर्णय गरेको छ ।
जसअनुसार आगामी पुस २३ गते सबै जिल्लाको जिल्ला अधिवेशन गर्ने निर्णय भएको छ । यस्तै माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको महासचिव शंकर पाेखरेलले जानकारी दिए ।
जनसंगठनहरूको अधिवेशन पनि फागुनभित्र सक्ने निर्णय बैठकले गरेको छ ।
शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक दुई दिन चलेर आज सकिएको हो ।
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८ १९:०३
प्रतिक्रिया दिनुहोस्