काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दलहरूलाई नेपाली कांग्रेसले हात छाडे आफ्नो हालत के होला भन्दै चिन्ता गर्ने गरेको भनी कटाक्ष गरेका छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उनले कांग्रेससँगै जानुपर्ने सुन्दै आएको भन्दै सरकारमा मात्रै कि देश बनाउन पनि सँगै जाने भनी प्रश्न गरे ।
“केही साना दललाई कांग्रेसले औँलो समाउन देन भने के होला भन्ने पिर छ । सधैँ सुन्छु सधैँ जानुपर्छ । सरकारमा मात्रै हो कि देश बनाउन सँगै जाने हो ? देश बनाउन जाने कुरामा कांग्रेसको साथमा नै छ नेकपा एमाले,” उनले भने ।
गठबन्धनमा रहेका दलहरूले चुनावसम्म सहकार्य गर्नुपर्ने बताइरहेका छन् ।
उनले सकारबाट हट्नुपर्ला भन्ने कतिपयलाई चिन्ता होला भन्ने कटाक्ष पनि गरे ।
“सरकारबाट हट्नुपर्ला कि भन्ने चिन्ता होला । नेकपा एमाले एक्लै हिँड्ने रहर पनि गर्दैन , ” उनले भने ।