site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, यी हुन् प्राथमिकतामा
फाइल तस्बिर ।

काठमाडौं । यातायात व्यवस्था विभागलाई स्मार्ट लाइसेन्स लिने सेवाग्राहीहरूको चाप थेग्न मुस्किल परेको छ ।

विभागका अनुसार नवीकरण गर्ने चालक, स्मार्ट लाइसेन्स नपाएका चालक गरी करिब १० लाख सेवाग्राहीले तत्काल स्मार्ट लाइसेन्स लिन खोजिरहेका छन् । यसबाहेक ६ लाख आवेदकहरूको हाल परीक्षा भइरहेको छ ।

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

विभागका महानिर्देशक नमराज घिमिरे अत्यावश्यक काम गर्ने चालकहरूलाई हाल स्मार्ट लाइसेन्स वितरण गरिरहेको बताउँछन् । ‘‘स्मार्ट लाइसेन्स वितरण रोकिएको होइन । अत्यावश्यक पर्ने चालकलाई वितरण गरिरहेकै छौँ । अन्य सेवाग्राहीहरूलाई प्राथमिकताका आधारमा आउँदो आइतबार–सोमबारदेखि वितरण गर्ने तयारी गरेका छौँ,” उनले भने ।

महानिर्देशक घिमिरेका अनुसार दैनिक १० हजारथान स्मार्ट लाइसेन्स छाप्ने तयारी भइरहेको छ । ‘‘१४ लाख स्मार्टकार्ड प्राप्त गरेका छौँ । स्मार्टकार्ड डेलिभरी भइसकेको छ । स्मार्टकार्डको क्वालिटी टेस्टको लागि स्याम्पल कार्डहरू बाहिर पठाएका छौँ । स्याम्पल कार्ड सम्बन्धित ल्याबमा पुगिसकेको छ । अब करिब एक सातामा स्याम्पल कार्ड टेस्टको रिजल्ट आउँछ । रिपोर्ट आइसकेपछि सम्भवतः आउँदो आइतबार–सोमबारतिर वितरण थाल्छौँ,” उनले भने ।

स्मार्ट लाइसेन्स छाप्ने मेसिन (मासप्रिन्ट) एउटा छ । मेसिनलाई बिहान ७ देखि राति ११ बजेसम्म चलाउँदा दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्न सकिने विभागले जनाएको छ ।

दैनिक कार्ड प्रिन्ट गरेर सम्बन्धित यातायात कार्यालयहरूमा पुर्‍याइने विभागले जनाएको छ । सम्बन्धित यातायात कार्यालयहरूबाट सेवाग्राहीले स्मार्ट लाइसेन्स पाउनेछन् ।

विभागले खरिद गरेका स्मार्टकार्ड यही मंसिर ८ गते नेपाल आइपुगेको थियो ।

विभागले लाइसेन्स नवीकरण गरेको १० दिनमै स्मार्ट लाइसेन्स उपलब्ध गराउने जनाएको छ ।

ड्राइभिङ पेसामा आबद्ध रहेर देश–विदेशमा रोजगारी गर्ने सवारी चालकलाई प्राथमिकतामा राखेर स्मार्ट लाइसेन्स उपलब्ध गराउने विभागको तयारी छ ।

त्यस्तै, यातायात कार्यालयहरूले दिएको रसिदको आधारमा सवारी चलाइरहेका पुराना सेवाग्राहीलाई प्राथमिकतामा राखिनेछ । यसबाहेक हाल ट्रायल पास गरेका सेवाग्राहीलाई एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिइने विभागले जनाएको छ ।

विभागका महानिर्देशक घिमिरे भन्छन्, ‘‘सबैलाई १४ लाख स्मार्ट कार्डले पुग्दैन । पुराना आवेदकलाई वितरण गर्छौँ । तत्काललाई ट्रायल पास गरेका सेवाग्राहीलाई परीक्षणकालीन लाइसेन्स वितरण गरिनेछ । यसबाहेक अन्य विकल्पका रूपमा नयाँ टेन्डर आह्वान गर्ने योजना छ । कोरोना महामारीका कारण पहिले खरिद गरिएका स्मार्टकार्ड समयावधिभन्दा निकै ढिलो आइपुग्यो । पुनः आह्वान गर्दा यस्तो समस्या नआउने गरी आह्वान गर्छौँ ।”

विभागले लाइसेन्सको पर्खाइमा रहेका सेवाग्राहीको चाप कम गर्न अरू विकल्प पनि खोजिरहेको जनाएको छ । परीक्षणकालीन लाइसेन्स वितरण थालिसकेकाले स्वदेशभित्रका नयाँ सवारी चालकहरूलाई पहिलाको जस्तो सास्ती नहुने महानिर्देशक घिमिरेको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro