site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमालय एयरलाइन्सद्वारा शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं । हिमालय एयरलाइन्सले सामाजिक उत्तरदायित्वअन्तर्गत ‘स्टेप टुवर्डस् एजुकेसन’लाई निरन्तरता दिएको छ । जसअन्तर्गत एयरलाइन्सले प्रयास नेपालका बालबालिकालाई आगामी शैक्षिक सत्रका निम्ति आवश्यक शैक्षिक सामग्री प्रदान गरेको हो ।

एयरलाइन्सले बिहीबार विभिन्न कक्षाका पाठ्यपुस्तकहरू, नोटबुक, रजिस्टर, जुत्ता तथा अन्य आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

बालबालिकाको समग्र स्वास्थ्यको महत्त्वलाई ध्यानमा राख्दै यस वर्ष हिमालयले उनीहरूका निम्ति तन्नाहरू र तौलियाहरूसमेत प्रदान गरेको जनाएको छ ।

एयरलाइन्सकी ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले भनिन्, “विगत आठ वर्षदेखि ‘स्टेप टुअर्डस् एजुकेसन’ पहलमार्फत प्रयास नेपालसँग संलग्न हुने अवसर पाउँदै आएकी छु । हरेक वर्ष बालबालिकालाई आत्मविश्वासी, सक्षम र उज्ज्वल भविष्य बोकेका व्यक्तित्वमा रूपान्तरण हुँदै गरेको हेर्न पाउँदा अत्यन्त खुसी लागेको छ ।”
 
प्रयास नेपालकी अध्यक्ष श्रीमती मणि जोशीले निरन्तर सहयोगका निम्ति हार्दिक आभार व्यक्त गर्दै भनिन्, “प्रयास नेपालका लागि निरन्तर शक्तिको स्तम्भ भएकोमा हामी हिमालय एयरलाइन्सप्रति हार्दिक आभारी छौँ । उहाँहरूको योगदान भौतिक सहयोगभन्दा धेरै माथि छ, यसले बालबालिकाको जीवनमा प्रोत्साहन र आशामा निरन्तरता ल्याउँछ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro