site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ढल्केबर सबस्टेसन आगलागी : प्राधिकरणले थाल्यो छानबिन

काठमाडौं । ढल्केबर सबस्टेसनमा आगलागी भएपछि नेपाल विद्युत् प्राधिकरणले छानबिन थालेको छ । सबस्टेसनको अध्ययन, निरीक्षण तथा विद्युत् अवरोधको समस्या तुरुन्त समाधान गर्न कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको टोली बिहीबार त्यहाँ पुगेको छ ।

वर्षौंदेखि प्राधिकरणअन्तर्गतका प्रसारण तथा वितरण पूर्वाधार संरचना मर्मत–सम्भार (काम चलाउ) अवस्थामा सञ्चालन गरिँदै आएको छ । दिगो र भरपर्दो विद्युत् आपूर्ति गर्न पूर्वाधार संरचनाको मर्मत–सम्भार, नयाँ जडानलगायत काम गर्ने र भविष्यमा यस्ता खालका दुर्घटना घट्न नदिने गरी अगाडि बढ्ने योजनाका साथ यसको अध्ययन गरिने भएको छ ।

ढल्केबर देशकै ठूलो सबस्टेसन हो । यहाँ ४०० देखि ११ केभी (४००/२२०/१३२/३३/११ केभी)सम्मका अलग–अलग सबस्टेसन छन् । बुधबार सबस्टेसनको १३२/३३/११ केभी खण्डमा मात्र समस्या आएको थियो । सबस्टेसनको पूरै खण्डमा कुनै समस्या नआएको ढल्केबर गिड महाशाखाका प्रमुख विनोद लोहनीले जानकारी दिए ।

निरीक्षणका क्रममा कार्यकारी निर्देशक शाक्यले आगामी दिनमा यस्ता प्राविधिक समस्या दोहोरिन नदिन निर्देशन दिए । अवरुद्ध भएको विद्युत् आपूर्ति व्यवस्थालाई तत्काल सुचारु गर्ने गरी वैकल्पिक माध्यमबाट विद्युत् आपूर्तिको लागि मधेस प्रदेश प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवलाई निर्देशन दिए ।

सबस्टेसनमा जडित करेन्ट ट्रान्सफर्मर (सिटी) पड्केर बुधबार बिहान ७ः३० बजेदेखि धनुषाको जनकपुरधाम, यदुकुवा, धनुषाधाम, सखुवा, महोत्तरीको जलेश्वर, गौशाला, वर्दिबास, सिन्धुलीको भिमानलगायत क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या आएको थियो । वैकल्पिक व्यवस्था गरी अधिकांश स्थानमा बुधबार नै विद्युत् आपूर्ति व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।  

सबस्टेसनमा जडित ६३ एमभीए क्षमताका दुई पावर ट्रान्सफर्मरमा ०८१ भदौ १८ गते पनि समस्या आएको थियो । दुईवटा ट्रान्सफर्मरबाट करिब ९० एमभीए विद्युत् भार (लोड) आपूर्ति भइरहेकामा करिब तीन सातासम्म ३० एमभीएको लोड काटिएको थियो । त्यतिबेला प्रभावित क्षेत्रको आपूर्तिलाई नियमित गर्न भारतको सुरसण्डबाट ३३ केभी प्रसारण लाइनबाट विद्युत् आयात गरिएको थियो ।

ढल्केबरस्थित ४०० केभी सबस्टेसन नै नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको एक मात्र संरचना हो । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपालले हिउँदमा मागअनुसार आयात र बर्खामा विद्युत् निर्यात गर्दै आएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro