राजनीति
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुनले पार्टी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहलाई ८५ मतान्तरले पराजित गर्दै लुम्बिनी कांग्रेसको सभापतिमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले जानकारी दिए ।
पुनले ८५२ मत पाएका छन् भने शाहको पक्षमा ७६७ मत खसेको छ ।
पुनले मत गणनाको सुरूवाती चरणबाटै अग्रता लिएका थिए । प्रदेशको नेतृत्त्वको लागि शनिबार मतदान भए पनि आइतबार बिहानबाट मात्रै मतगणना सुरु भएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८ ०६:५४
प्रतिक्रिया दिनुहोस्