चितवन । एमाले नेता भीम रावलले चितवनमा सम्पन्न पार्टीको १०औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार साँझ नेता रावलले प्रक्रियागत रूपमा महाधिवेशन नभएको बताए ।
उनले विधान महाधिवेशन गरेको व्यवस्थाअनुसार महाधिवेशन हुन नसकेको बताए । व्यवस्थापनमा पनि कमजोरी देखिएको उनले बताए ।
"हामीले विधान महाधिवेशन र जनताको बहुदलीय जनवाद अन्तर्गत हामीले जे कुरा अगाडि सार्न खोजेका थियौँ । त्यो कुरालाई महाधिवेशनलाई सम्बोधन गरेन । व्यवस्थापको दृष्कोणबाट पनि दिउँसो राम्रो तरिकाबाट गर्न सकिन्थ्यो, त्यो हुन सकेन । पछि समीक्षा गरौँला," उनले भने ।
उनले आफूले सदस्यका लागि उम्मेदवारी नदिएकाले त्यसलाई स्वीकार नगरेको बताए ।
अध्यक्षमा उठेका रावल केपी ओलीसँग पराजित भएका छन् ।