site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
७ वर्षअघिको घटनाले अझै मानसिक पीडामा छिन् जेनिफर 
SkywellSkywell

हलिउड । हलिउड अभिनेत्री जेनिफर लोरेन्सलाई सात वर्षअघिको एक घटनाले आजसम्म पनि पिरोलिरहेको छ । सात वर्षअगाडि लिक भएको आफ्नो एक फोटोले आजसम्म पनि मानसिक तनाव दिइरहेको उनले बताएकी छिन् । 

सन् २०१४ मा ह्याकरहरूले थुप्रै बलिउड सेलिब्रेटिहरूको ५०० भन्दा धेरै प्राइभेट फोटोहरू अनलाइन लिक गरेर एउटा वेबसाइडमा अपलोड गरिदिएका थिए । जसमा जेनिफरकाका साथै गायिका रिहाना र सेलेना गोमेज लगायत स्टारहरू पनि थिए ।

Dabur Nepal
NIC Asia

यसबारेमा एउटा हलिउड म्यागजिनसँगको कुराकानीमा जेनिफरले भनेकी छन्, “मेरो सहमतिविना जहाँ पनि र जहिले पनि मानिसहरूले मेरो न्युड बडी अनलाइनमा हेर्न सक्छन् । फ्रान्सका एक व्यक्तिले मेरो तस्बिर अनलाइनमा पब्लिस गरिदिएको थियो । यसले म सधैँ तनावमा हुन्छु ।”

अभिनेत्री जेनिफर यतिबेला आफ्नो नयाँ चलचित्र ‘डन्ट लुक अप’ को प्रमोसनमा व्यस्त छिन् । यो साइन्स फिक्सन ब्लाक कमेडी चलचित्र हो । चलचित्रमा जेनिफरका साथै लियोनार्डो डिक्याप्रियो, रोब मार्गन, जोना हिल, लगायत हलिउड स्टारहरूको अभिनय रहेको छ । चलचित्र यही डिसेम्बर १० मा हलमा र डिसेम्बर २४ मा नेट्फिल्क्समा रिलिज हुँदैछ । नवभारत टाइम्सबाट

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  २२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro