फोटो फिचर
चितवन । शुक्रबार दिउँसो चितवनको नारायणी नदीको तीरमा एमालेको १०औँ महाधिवेशनको उद्घाटन भयो । उद्घाटन सत्रमा देशका विभिन्न ठाउँबाट हजारौँ कार्यकर्ता आएका थिए । उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेताहरू र विदेशी पाहुनाहरू उपस्थित थिए ।
कार्यक्रमलाई पार्टी सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले सञ्चालन गरिरहँदा कार्यकर्ताहरू भने नारायणी नदीको आनन्द लिइरहेका थिए । पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा उनीहरूले खुलेर हुटिङ गरेका थिए । साँझ उद्घाटन कार्यक्रमा सकिँदा भने माहोल अस्तव्यस्त देखिन्थ्यो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८ १९:३७
प्रतिक्रिया दिनुहोस्