site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेढ वर्षपछि आइपुग्यो स्मार्टकार्ड, केही दिनमै वितरण थालिने
SkywellSkywell

काठमाडौं । डेढ वर्ष अगाडि खरिद गरिएका १४ लाख स्मार्टकार्ड नेपालमा आइपुगेको छ । यातायात व्यवस्था विभागले खरिद प्रक्रिया अघि बढाएको फ्रान्सेली कम्पनीले तोकिएको समयभन्दा डेढ वर्ष ढिलो स्मार्टकार्ड पठाएको हो । 

अब विभागले केहीदिनमै स्मार्ट लाइसेन्स छाप्ने काम सुरु गरिने जनाएको छ । लामो समय स्मार्टकार्डको अभावमा लाइसेन्स छापिने काम बन्द भएको थियो । विभागका महानिर्देशक नमराज घिमिरेकाअनुसार करिब १० लाख सेवाग्राहीले लाइसेन्स निकाल्न खोजिरहेका छन् । ‘‘१४ लाख स्मार्टकार्ड भन्सारमा आइपुगेको छ । अब भन्सारबाट छुटाएर विभागले ल्याउँछ । त्यसपछि विभागले छपाइ र वितरण सुरु गर्छ,” महानिर्देशक घिमिरेले भने ।  

KFC Island Ad
NIC Asia

विभागले कोरोना महामारीका कारण खरिद सम्झौताअनुसार स्मार्टकार्ड आइनपुगेको बताउँदै आएको थियो । जसका कारण करिब सात लाख सेवाग्राही प्रभावित बनेका थिए । महानिर्देशक घिमिरेले अबको केहीदिनबाट पहिले ट्रायल परीक्षा पास गरेर स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्मार्ट लाइसेन्स वितरण गरिने बताए । सबैलाई स्मार्ट लाइसेन्स वितरण गर्न नसकिएमा पुनः टेन्डर आह्वान गरिने विभागले जनाएको छ । 

विभागले हाल ड्राइभिङ गर्न विदेश जाने, विद्यार्थीहरूलाई मात्रै स्मार्ट लाइसेन्स वितरण गरिरहेको छ । तर, अब सबैले सहज रूपमा स्मार्ट लाइसेन्स पाउने महानिर्देशक घिमिरेको दाबी छ । 

Royal Enfield Island Ad

विभागले गत कार्तिकमा नयाँ आवेदन खुलाएको थियो । योसँगै सेवाग्राहीको चाप धान्न नसकिने अवस्था आएको भन्दै काठमाडौं उपत्यकामा ट्रायल सेन्टर थपेर  लाइसेन्सको परीषालाई सहज बनाउने योजना विभागको छ । अहिले उपत्यकाका चारवटा यातायात कार्यालय एकान्तकुना, ठुलो भर्‍याङ, चाबहिल र भक्तपुरबाट ट्रायल परीक्षा सञ्चालन भइरहेको छ । अब स्मार्टकार्ड आइसकेपछि विभागले ट्रायल सेन्टर थप्ने कामलाई पनि तीव्रता दिने जनाएको छ । 

स्मार्टकार्ड अभाव हुँदा विभागले एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स वितरण थालेको थियो । स्मार्टकार्ड आइपुग्दा पनि परीक्षणकालीन लाइसेन्स वितरण भने नरोकिने विभागले जनाएको छ । ‘‘स्मार्ट लाईसेन्स प्राथमिकताका आधारमा वितरण गरिनेछ । पुराना र नयाँ आवेदकको चाप उच्च छ । यसले गर्दा विभागले सबै सेवाग्राहीलाई स्मार्ट लाईसेन्स वितरण गर्न सक्दैन । त्यसलै पनि परीक्षणकालीन लाइसेन्स वितरण रोकिँदैन,” महानिर्देशक घिमिरेले भने । 

०७७ साउनमा विभागले फ्रान्सेली कम्पनी सेल्फ एसएसएललसँग खरिद प्रक्रिया अघि बढाएको थियो । विभागले नेपालमा २०७२ मंसिरदेखि स्मार्ट लाइसेन्स वितरण गर्दै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro