काठमाडौं । डी.ए.भी. शुसिल केडिया विश्व भारती विद्यालयमा भौतिक दुरी कायम गर्दै 'नेपाल-भारत अन्तराष्ट्रिय सांगीतिक तथा पुरस्कार समारोह' सम्पन्न गरिएकाे छ ।
संस्कृति भारत मुख्य आयोजक रहेको उक्त कार्यक्रममा डी.ए.भी. शुसिल केडिया विश्व भारती विद्यालय र स्वामी विवेकानन्द संस्कृति केन्द्र, भारतीय राजदुताबास जोडिन पुगेका थिए ।
नेपाल-भारतबीच परापूर्वकालदेखि रहेको पारस्परिक सम्बन्धलाई उजागर गर्नु र थप प्रगाढ गर्नु कार्यक्रमकाे मुख्य उद्देश्य रहेकाे जनाइएकाे छ ।
डी.पी.एस धरानका पी.के. शङ्कर लिङगम र नेपाल-भारत मैत्री विद्यालय पोखराका मृत्युञ्जय सिंह बेस्ट प्रिन्सिपल अवार्डबाट सम्मानित भएका छन् । त्यसैगरि डी.ए.भी. विद्यालयका रामचन्द्र खनाल बेस्ट भाइस प्रिन्सिपल अवार्डबाट सम्मानित भए ।
डी.ए.भी. विद्यालयका अध्यक्ष अनिल केडिया यस वर्षको नेपाल-भारत मैत्रि समाज अवार्डबाट सम्मानित भएका छन् ।