अर्थ व्यवसाय
काठमाडौं । एनएमबि बैंकले भिडियो केवाईसीको सुरूवात गरेको छ । बैंकले विश्वको जुनसुकै कुनामा रहेर पनि भिडियो कलबाट केवाईसी भेरिफिकेसन पश्चात् ५ मिनेटमै खाता खोल्न सकिने जनाएको छ । बैंकले आइतबार एक कार्यक्रम आयोजना गर्दै भिडियोबाटै केवाईसीको भेरिफिकेसन गर्न सकिने सेवा भिकेवाईसीको सुभारम्भ गरेको हो ।
यसरी भिकेवाईसी सेवा सुरू गर्ने एनएमबि बैंक पहिलो भएको दाबी बैंकले गरेको छ । ग्राहकहरूले एनएमबि बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्ने जनाएको छ ।
साथै बैंकले ब्रान्ड एम्बेस्डरमा पल शाहलाई नियुक्त गरेको छ । बैंकको भि केवाईसीको प्रोमोमा पनि शाहले नै अभिनय गरेका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८ १३:५६
प्रतिक्रिया दिनुहोस्