site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रहरी घेरा तोडेर सर्वोच्च अदालत प्रांगणमै वकिलहरूको धर्ना (तस्बिरहरू)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिइएको छ । नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवसायीहरूले धर्ना दिएका हुन् ।

कानुन व्यवसायीहरू सर्वोच्च प्रांगणमै धर्नामा बसेका छन् । गएको शुक्रबार सर्वोच्चको मूल गेटमा धर्नामा बसेका उनीहरू आज प्रहरीको घेरा तोड्दै मूल गेटबाट भित्र छिरेर धर्नामा बसेका हुन् । 

कानुन व्यवसायीले नाराबाजी गरिरहेका छन् । ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि आन्दोलनकारी वकिलहरूलाई गेटबाहिरै रोक्न प्रहरी असफल भएको छ ।

वकिलहरूलाई रोक्ने क्रममा प्रहरी र कानुन व्यवसायीबीच तनावको स्थिति समेत सिर्जना भएको थियो ।

पछिल्लो समय विभिन्न प्रकरणमा प्रधानन्यायाधीश जबराको नाम मुछिएको भन्दै बारले उनको बहिर्गमनको माग गरेको हो ।

थप तस्बिर हेर्नोस्–

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro