site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
के हो जिका भाइरस ? यी हुन् जिका भाइरस संक्रमणका लक्षण
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । जिका भाइरस विशेष गरी लामखुट्टेको टोकाइबाट सर्ने एक किसिमको भाइरस हो । गर्भवती महिलालाई यो भाइरसको संक्रमण भएमा गर्भपतन हुने वा नवजात शिशुको मस्तिष्कको विकास नहुने हुनसक्छ ।

संक्रमण कसरी सर्छ ?
यो भाइरस दिउँसो धेरै सक्रिय हुने एडिस लामखुट्टेको टोकाइबाट सर्छ । गर्भवती भएको बेला यो भाइरस संक्रमित आमाबाट बच्चामा सर्न सक्छ । संक्रमितसँगको असुरक्षित यौन सम्पर्कबाट र संक्रमित व्यक्तिको रगत लिँदा वा अंग प्रत्यारोपण गर्दा पनि यो भाइरस सर्न सक्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यी हुन् जिका भाइरस संक्रमणका लक्षण
जिका भाइरस संक्रमित धेरै व्यक्तिहरूमा कुनै पनि लक्षण नदेखिन सक्छ । संक्रमित लामखुट्टेले टोकेको तीनदेखि १४ दिनभित्र केही लक्षणहरू देखिन पनि सक्छ । ज्वरो आउने, आँखा रातो हुने वा सुन्निने, अत्यधिक जोर्नी दुख्ने (विशेष गरी हात र खुट्टाको), शरीरमा बिमिराहरू देखिनेलगायत लक्षण देखिन्छन् ।

यस्तै, संक्रमित हुँदा मांसपेशी, टाउको, पेट वा आँखा दुख्ने र थकान महसुस हुनेजस्ता लक्षणहरू पनि देखिन सक्छन् ।

Royal Enfield Island Ad

जिका भाइरस संक्रमण रोकथामका उपायहरू के–के हुन् ?
अहिलेसम्म यसको कुनै उपचार उपलब्ध छैन । यसको रोकथामको एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।

जिका भाइरसबाट बच्न घरनजिकै पानी जम्मा हुन नदिने, लामो बाहुला भएको कपडा लगाउने, सुत्ने बेला झुलको प्रयोग गर्ने, इन्सेक्ट रेपेलेन्ट्सको प्रयोग गर्ने, असुरक्षित यौन सम्पर्क नराख्ने र भाइरस फैलिएको क्षेत्रमा यात्रा नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro